संखु स्वास्थ्य चौकीमा अनुशिक्षण कार्यक्रम


तामाङपेज संवाददाता ।

ललितपुर । प्रदेश सरकार ,सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालय प्रदेश न.३ हेटौंडा ,मकवानपुरको आयोजनामा स्वास्थ्य कार्यालय,कोन्ज्योसोम गाउँपालिका र सिडिओ नेपालको समन्वय तथा सहयोगमा एक दिने तालिमपश्चात तालिमको प्रभावकारिता मुल्यांकनका लागि सेवा प्रदायकहरुको अनुशिक्षण तथा Via Screening कार्यक्रम मंगलबार कोन्ज्योसोम गाउँपालिका -२ संखु ,सातकन्यास्थित संखु स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।

विशेष गरि वडाका महिला स्वास्थ्य स्वयंसेवक सेविका ,स्वास्थ्य कर्मचारीहरुलाई लक्षित सो कार्यक्रममा वडाका केही जनमानस महिलाहरुमा चेकजाँच गर्नेक्रममा ५८ जना मध्ये ३ जनामा पाठेघर क्यान्सरको लक्षण  भेटिएको र थप उपचारको लागि क्यान्सर अस्पताल पठाएको संखु स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी प्रमुख अजय शाहले बताएका छन् ।

 

प्रकाशित: समय: 21:47:12  1815पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार