नेपाल सरकारले गुठी विधेयक फिर्ता लिएको भुमी ,व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री पद्धमा अर्यालद्वारा जानकारी


तामाङपेज संवाददाता ।

काठमाडौं । नेपाल सरकार, भुमि,व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री पद्धमा अर्यालले मंगलबार सिंहदरबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर संसदमा दर्ता भएको गुठी विधेयक २०७५ सम्बन्धित सरोकारवालाहरुसङ्ग थप छलफल र परामर्श गर्नु पर्ने भएकोले नेपाल सरकारले विधेयक फिर्ता लिएको जनाउनु भएको छ ।

मन्त्री अर्यालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा २९० अनुसार गुठीको मुलभुत मान्या अनुरुप राजगुठी,सार्वजनिक गुठी र निजि गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी जग्गामा भोगाधिकार रहेको किसान र गुठी जग्गाको उत्पादकत्व बढाउने उद्धेश्यले नेपाल सरकारले राष्ट्रिय सभामा गुठी सम्बन्धि कानुनलाई एकीकरण र संसोधन गर्न बनेको विधेयक २०७५ पेश गरेको सर्वविदितै छ ।

उक्त विधेयकलाई लिएर  आदरणीय जनसमुदायमा विभिन्न किसिमका भ्रम सिर्जना गर्ने,उत्तेजित गर्ने र वातावरणलाई विथोल्ने कोसिस भएकोले सम्बन्धि सरोकारवालासङ्ग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेश भएको उक्त विधेयक फिर्ता लिने निर्णय गर्दछु भनेर लिखित प्रेस वक्तव्यमा उल्लेख  छ ।

उक्त विधेयक संसदमा दर्ता भएपछि विशेष गरी उपत्यकाका नेवार समुदाय लगायतका सरोकारवालाहरुले विधेयक खारेज गर्नु पर्ने मागसहित विरोध गरेका थिए ।

 

प्रकाशित: समय: 18:17:14  518पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार