तेमाल गाउँपालिका अध्यक्ष सलामसिंह तामाङद्वारा जन प्रगतिशील बहु उद्धेश्यिय कृषि केन्द्र प्रा.लि उदघाट्न

काभ्रे तेमाल-७ दुल्खुमा मंगलबार एक भब्य समारोहकाबीच उदघाटन गर्नु भएको प्रबन्ध निर्देशक कुलबहादुर तामाङले जनाएका छन् ।

श्याम ङेसुर तामाङ ,तामाङपेज

काठमाडौं ।

काभ्रे । तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले तेमाल गाउँपालिका -७ दुल्खुमा एक भब्य समारोहका बीच जन प्रगतिशील बहु उद्धेश्यिय कृषि केन्द्र  प्रा.लिको मंगलबार उदघाटन गर्नु भएको छ ।

प्रालिका प्रबन्ध निर्देशक कुलबहादुर तामाङले शुरुवातमा २७ वटा राँगा,बाख्रा,लोकल कुखुरा पालन गरि शुरु गरिएको बताएका छन् ।

जन प्रगतिशील बहु उद्धेश्यिय कृषि प्रालिका सह प्रबन्धक कान्छी माया तामाङले स्वरोजगारको वातावरण गाउँमा बनाउन स्थानिय उन्नत जातका कुखुरा ,बाख्रा पालन गरि आय आर्जन गर्न प्रालिको स्थापना गरेको बताइन् । सो समारोहमा तेमाल-९ मुक्पाटारका वडाअध्यक्ष चन्द्रबहादुर लामा,तेमाल-७ चापाखोरी वडासदस्य मिम दोङ,पशु स्वास्थ्य प्राविधिक रामकृष्ण न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

 

 

 

 

प्रकाशित: समय: 17:16:47  1211पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार