कुमारीगाल टुसालक्षेत्र तनावग्रस्त ,समता अस्पतालमा झुण्डिएको अवस्थामा एक महिलाको लास फेला


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौ । केही दिनदेखि हराईरहेकी काभ्रे जिल्ला ,चौरीदेउराली गाउँपालिका-३ सलम्भु माइती भै रामेछाप दोरम्बा गाउँपालिका दोरम्बा घर भै विगत दुई महिनादेखि समता अस्पतालमा क्लिनर पदमा कार्यरत २७ वर्षिय विमला तामाङको लास ,समता अस्पतालको शौचालय कोठामा झुण्डिएको अवस्थामा मंगलबार बिहान फेला परेको छ । घटना रहस्यमय भएको खवर प्राप्त भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका एस्पि अशोक सिंहसङ्ग तामाङपेजले कुरा गर्दा घटनाबारे थप अनुसन्धान भैइरहेको यदी आत्महत्या नभै हत्या भएको ठहर भएमा कानुन बमोजिम कार्वाही गर्न नेपाल प्रहरी तयार रहेको घटनाको बारेमा थप अनुसन्धानको थालनी शुरु भएको बताए ।

समता अस्पतालमा रहेका सामाजिक अभियन्ता टेकराज मोक्तान र गौतम मोक्तानले भने घटना रहस्यमय भएकोले नेपाल प्रहरीले थप अनुसन्धान गरि कार्वाहीको दायरामा ल्याउनु पर्ने बताउनु भयो ।

समता अस्पताल परिसर कुमारीगाल ,टुसालमा सयौ जनमानसको उपस्थिति रहेको छ भने सुरक्षाकर्मी थप अप्रीय घटना नहोस भनेर परिचालन गरिएको महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दले जनाएका छन् ।

समता अस्पतालको शौचालय भित्र झुण्डिएको अवस्थामा लास यो समाचार तयार पार्दा सम्म सत्य तथ्य के हो? त्यस्को वास्तविकता एकिन नभएसम्म लास नउठाउने आफन्तजनले जनाएका छन् ।

समता अस्पताल कुमारीगाल ,टुसाल तनावग्रस्त क्षेत्र बनेको छ ।

प्रकाशित: समय: 14:44:29  1152पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार