जनजाति महासङ्घ इजरायलद्वारा प्रेस विज्ञप्ति जारी,गुठी विधेयक खारेज र लोकसेवा आयोगले पुन विज्ञापन खुलाउनु पर्ने माग


तामाङपेज संवाददाता ।

इजरायल । नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलले संसदमा दर्ता भएको गुठी विधेयक -२०७५ र लोकसेवा आयोगले खुल्ला गरेको विज्ञापनका विरुद्ध प्रेस विज्ञप्ति जारी गरि विरोध जनाएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलका अध्यक्ष तारा काउचामगर ,महासङ्घसङ्ग आवद्ध जातिय आठवटा संघ संस्थाका नेपाल शेर्पा सङ्घ अध्यक्ष ल्हाक्पा लामा शेर्पा,नेपाल तामाङ घेदुङ अध्यक्ष अनिला मोक्तान तामाङ,किराँत राई यायोख्खा नेपाल अध्यक्ष इन्द्रकोयु राई,तमु समाज अध्यक्ष आसमाया तमुस्यो,किराँत याक्थुङ चुम्लुङ अध्यक्ष कुमार आङदेम्बे ,राष्ट्रिय नेवा खल अध्यक्ष मनु श्रेष्ठ,नेपाल मगर सङ्घ अध्यक्ष लिला थापामगर र ह्योल्मो समाज अध्यक्ष सर्किनी ज्याबा ह्योल्मोले संयुक्त हस्ताक्षर गरि गुठी विधेयक -२०७५ को खारेजी र लोकसेवा आयोगले निकाले विज्ञापनप्रति  असहमति जनाउदै ,समावेसीको सिद्धान्त,मूल्य मान्यता बमोजिम लोकसेवा आयोगले पुन विज्ञापन खुलाउने माग प्रेस विज्ञप्तिमा उल्लेख गरि विरोध जनाएका छन् ।

संसदमा दर्ता गरेको गुठी विधेयक र लोकसेवा आयोगले निकालेको कर्मचारी माग सम्बन्धि विज्ञापनको चौतर्फी विरोध भएको छ ।

 

प्रकाशित: समय: 12:45:00  605पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार