जापानबाट नेपाली स्याट -१ नामको भू-उपग्रह अन्तरिक्षमा सफल प्रक्षेपण


तामाङपेज संवाददाता ।

जापान । जापानको जाक्साबाट स्थानीय समय अनुसार जुन १७ तारिख सोमवार वेलुकी ७ बजेर १५ मिनेट जाँदा नास्टको लोगो अंकित नेपालको झण्डा बोकेर नेपाली स्याट -१ नामको भू-उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । एक किलो तीन सय ग्रामको उक्त भू–उपग्रहको लम्बाई, चौडाई र उचाई १० सेन्टिमिटर रहेको छ ।

अमेरिकी अन्तरिक्ष यात्री निक हेग नेतृत्वको ६ सदस्यीय अन्तरिक्ष टोलीले नेपाललाई के गरौँ भनि सोधिएको प्रश्नको जवाफमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले गो भन्नुभएपछि उक्त अन्तरिक्ष टोलीले नेपाली स्याट-१ प्रक्षेपण गरेको हो । यस अघि अप्रिल १८ तारिखमा नेपाली समय अनुसार, विहान २ बजेर ३० मिनेट जाँदा अमेरिकाको भजिनिया राज्यको वालोप्स प्लाइट सेन्टरबाट उक्त नेपाली स्याट-१ प्रोजेक्टर अन्तर्गतको नानो स्याटलाइट सफल्तापूर्वक पृथ्वीदेखि ४००किलोमिटर टाढा अन्तराष्ट्रीय अन्तरिक्ष प्रक्षेपण केन्द्रमा राखिएको थियो । भू-उपग्रहले आजवाट तल्लो कक्षा अन्तर्गत पृथ्वीलाई परिक्रमा गर्न शुरु गर्नेछ ।

स्याटलाइट प्रक्षेपण कार्यक्रममा नेपाली भू-उपग्रह नेपाली स्याट-१ संगै श्रीलंकाको रावण,जापानको इगुसी,सिंगापुरको स्पुकी-१ पनि प्रक्षेपण गरिएको छ । उक्त प्रक्षेपण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा जापानका लागि नेपाली राजदुत प्रतिभा राणा,नास्टका उपकुलपति डा.सुनिलबावु श्रेष्ठ, माननीय मन्त्रीका स्वकीय सचिव पुरन केसी, दुतावासका डिपी यम कृष्णचन्द्र आर्याल,र जापान, श्रीलंका, सिंगापुरका साथै कार्यक्रम आयोजक संस्था जाक्साको भ्वाइस चान्सलर लगायतका महत्पूर्ण एवं विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपाली स्याट-१ चन्द्रमामा पठाईएको पहिलो अन्तरिक्ष यान हो । यो वर्ड -३ प्रोजेक्ट अन्तर्गत संयुक्त राष्ट्रसंघ, जापान सरकारको सहयोग र नास्टको नेतृत्वमा संयुक्त राष्ट्रसंघको छात्रवृत्तिमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) जापानमा भूउपग्रह प्रविधिमा विद्यावारिधि गर्दै गरेका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर गर्दै गरेका हरिराम श्रेष्ठले नेपाली स्याट-१ तयार पारिएको थियो । आजवाट नेपालले अन्तरिक्ष यात्रा शुरु गरेकोमा सहभागी सवैले नेपाललाई वधाई दिएको थियो।

यसै सन्दर्भमा शिक्षा,विज्ञान तथा प्रविधी मन्त्री पोखरेलले नेपाली स्याट-१ निर्माण गर्ने आभास मास्के र हरिराम श्रेष्ठ द्वयका साथै नेतृत्व गर्ने नास्टलाई बिशेष धन्यवाद दिनुभयो । अवको अन्तरिक्ष यात्रामा सदाभन्दा अझ धेरै साथ सहयोगको अपेक्षाको लागि सवैलाई धन्यवाद दिनुभएको जापान भ्रमणमा संगै रहनुभएका मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो।

प्रकाशित: समय: 9:14:13  658पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार