भाल्चेका करेण्ट लागि सख्त घाइते घलेको उपचारका निम्ति आर्थिक अभाव ,स्वास्थ्यमा सुधार


तामाङपेज संवाददाता ।

नुवाकोट । किस्पाङ गाउँपालिकास्थित साविकको भाल्चे गाउँ  विकास समिति वडा न.१ भाल्चेका लवाङ घलेको घर निर्माण गर्ने क्रममा करिव दुई हप्ता अघि करेण्ट लागेर सख्त घाईते भएका घलेको हाल काठमाडौ महाराजगन्जस्थित टिचिङ हस्पिटलमा उपचार भैइ रहेको छ ।

स्वास्थ्यमा क्रमिक सुधार भएपनि आर्थिक अभावकाकारण उपचारमा समस्या भएपछि घलेकी श्रीमती सहित परिवार आत्तिएका छन् ,सहयोगको लागि हारगुहार गर्दै ,नातागोता,साथिभाइ र इष्टमित्रहरुसङ्ग आफ्नो श्रीमान बचाउन आग्रह गरेको छ ।

नुवाकोट किस्पाङ गाउँपालिका घर भै हाल कतारमा रहनु हुने सामाजिक अभियन्ता प्रकाश माम्बा ,भाल्चे एकता समाज र श्रीमतीले करेण्ट पीडित लवाङ घलेको उपचारको लागि आर्थिक संकलनको थालनी गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएकोले आर्थिक संकलन गरि बचाउन बाहेक अन्य विकल्प नरहेको कतारमा रहेका अभियन्ता प्रकाश माम्बा तामाङले बचाउनु भएको छ ।

हाल उपचारको सिलसिलामा काठमाडौं महाराजगन्जस्थित टिचिङ हस्पिटलमा उपचार गराई रहेका करेण्ट पीडित घलेको शरीर भरी घाउ नै घाउ ,दायाँ हात नचल्ने र दायाँ कान नसुन्ने अवस्थामा पुगेको छ। उपचारको क्रममा दाहिने हात काम नलाग्ने भएपछि चिकित्सकले उपचार पद्धति अनुरुप काटेका छन् ।

नीज करेण्ट पीडित घलेको उपचारको लागि परिवारको मोबाईल नम्बर ९६११ ०७७८३३, भाल्चे एकता समाजका सदस्य कुमार घलेको सम्पर्क नम्बर ९८५११ ०६२४० ,कतारमा रहेका प्रकाश माम्बा तामाङको मोबाईल नम्बर ३३२७९८३५/३३६१३९५० या भाल्चे एकता समाजको बैक अफ काठमाडौं कमलादी शाखामा रहेको बचत खाता न.055900 206240 524 मा आर्थिक सहयोग गर्न सबै सहयोगी दाताहरुमा अनुरोध समेत गरेको छ ।

आर्थिक सहयोग संकलन गर्नेक्रममा कल्पना घलेले रु.६ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेको भाल्चे एकता समाजले जनाएको छ भने कतारमा पनि प्रकाश माम्बाको नेतृत्वमा आर्थिक सहयोग संकलन जारी रहेको बताएका छन् ।

 

 

प्रकाशित: समय: 6:07:23  557पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार