तामाङपेज संवाददाता ।
काठमाडौ । लोकसेवा आयोगले प्रकाशन गरेको विभेदकारी विज्ञापनका विरुद्ध नेपाल तामाङ घेदुङ ,सङ्घीय कार्य समितिको पहलमा भोलि असार ३ गते बिहान ९:३० बजे माईतीघर मण्डलामा हुने विरोध सभा गर्ने भएको छ ।
घेदुङ सङ्घीय कोषाध्यक्ष रुप योन्जनकानुसार सो विरोध सभामा उपस्थित हुन घेदुङका सबै तपतहका नेतृत्वहरु ,तामाङ संघ-संस्थाका प्रमुखहरु ,उपत्यकामा रहनुहुने समस्त तामाङ दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितको लागि अनुरोध गरेका छन् ।