छात्रवृत्तिको आवेदन समय जुलाई १ तारिक सम्मको लागि थप


तामाङपेज संवाददाता ।

जापान । गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १०० जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको लागि आवेदन दिने समय थप गरिएको छ। नागोयामा आयोजना भएको नेपाल फेस्टिवलमा उपस्थित बिधार्थीहरुको अनुरोधलाई मध्यनजर गर्दै जुलाई १ तारिक सम्मको लागि समय थप गरिएको हो।

 

छात्रवृत्तीका लागि उल्लेखित मापदण्डहरु जानकारीको लागि अनुरोध गरिएको छ।

A. यो छात्रवृतिको जम्मा अबधि २ बर्षको हुनेछ। २ वर्ष पछि फेरी अर्को २ बर्षको लागि आबेदन गर्न सकिन्छ।

B. यो छात्रवृति पाउनको लागि आँफु पढेको बिद्यालय/कलेजबाट सिफारिस लिनु पर्ने हुन्छ।

※सिफारिसको फारम IHNO कोबाट उपलब्ध हुनेछ।

※बिद्यालय/कलेज परिवर्तन भएको बेला नया बिद्यालय या कलेजबाट सिफारिस लिनु पर्नेछ।

C. हप्ता मा २८ घण्टाको आरुबाइतोको नियम पालना गरेको हुनु पर्नेछ। बिदाको बेलामा हप्ता मा ४० घण्टा सम्म गर्न मिल्ने , तर दिनको काम गर्ने घण्टा ८ घण्टा भन्दा बढी हुन हुँदैन।

D. प्रतेक महिना IHNO बाट दिइएको मिति सम्ममा कामको विवरण इमेल मार्फत पठाउनु पर्नेछ।

 

चाहिने डकुमेन्ट।

१. IHNO आबेदन फारम (बिद्यालयले सिफारिस गर्ने फारम सहित २ पेज )

२. बैंकको खाता नम्बर र खाताको नाम बुझिने पासबुकको कपि

३. हस्त लिखित जापानी भाषामा निबन्ध। (पढाईको लागि किन जापान रोज्नु भयो ?) जापानी भाषा बिद्यालयको बिधार्थी ४०० शब्द , अरुले ८०० शब्द। (IHNO ले उपलब्ध गराउने पेपरमा लेख्ने )

४. रेसिडेन्ट कार्डको फोटो कपि।

५. आँफु पढ्ने बिद्यालयको स्युसेकी सेइसेकि प्रमाण पत्र।

६. अन्य जापानमा प्राप्त गर्नु भएका सर्टिफिकेट (JLPT) जस्ता प्रमाण पत्र।

नोट:- १. NRNA जापानको सिफारिशमा पाइने यो छात्रवृतिको आबेदनको लागि NRNA,जापानको सदस्यता लिनु अनिबार्य छ। सदस्यता नलिएको बिद्यार्थीहरुले NRNA , जापानको सदस्यता लिएर मात्रै आबेदन दिनुहोला।

२.अन्तिम मिति २०१९ जुलाई १ तारिक भित्र फारम भरि आवेदन गरिसक्नु पर्नेछ।

३. तपसिल ठेगनामा कागजपत्र पठाउनु होला।

〒100-0014 東京都千代田区永田町2-17-17アイオス永田町505

प्रकाशित: समय: 20:35:13  1282पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार