जापानमा नेकपाका केन्द्रीय सदस्य एवं पूर्व शिक्षा मन्त्री स्व. डिआर पौडेलप्रति श्रद्धान्जली कार्यक्रम सम्पन्न


जुन १७, तामाङपेज संवाददाता

टोकियो जापान

आइतबार हृदयघातका कारण दिवंगत हुनुभएका नेकपाका केन्द्रीय सदस्य एवं पूर्व शिक्षा मन्त्री डिआर पौडेलको स्मृतिमा श्रद्धान्जली कार्यक्रम समपन्न भएको छ । जापान भ्रमणको क्रममा आजै मात्र जापान आइपुग्नु भएका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलको उपस्थितीमा उक्त श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको हो ।

स्वर्गीय पौडेलप्रति एक मिनेट मौनधारण गरिएको थियो । जुन १७ तारिखमा जापान एयरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (JAXA) द्वारा आयोजना हुने नेपाली स्याट- १ को अन्तरिक्षमा प्रक्षेपण सम्बन्धि ऎतिहासिक अवलोकन कार्यक्रममा सहभागि हुन आइपुग्नुभएका माननीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जापानमा क्रियाशील पूर्व एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण भएपछि बनेको नेकपाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रम तथा श्रद्धान्जली कार्यक्रममा स्वर्गीय पूर्व शिक्षा मन्त्री डि आर पौडेलको आदर्श जीवन, देश, सरकार र वर्तमान राजनीतिक अवस्थाको वारेमा प्रशिक्षण मूलक मन्तव्य राख्नुभएको थियो । मन्त्री पोखरेलले पूरानो पुस्ताले जेलनेल भोगेर गरेको देशप्रतिको त्यागप्रति पुरानो पुस्तालाई धन्यवाद दिंदै अगाडी वढ्नुपर्ने र विज्ञान र प्रविधिलाई उत्पादनसंग गाँसेर लान सकेमा विकासले फड्को मार्ने पनि वताउनुभयो । शिक्षामा लगानी बजेट विनियोजन मात्र नभएर उत्पादन र प्रविधीमूलक शिक्षा नीति निर्माण पनि प्रमुख रहेको बताउँदै प्रविधी र विज्ञान सम्बन्धिको ज्ञानले लैस युवा पुस्ताको खाँचो रहेकोले हरेक क्षेत्रलाई उत्पादन संग जोड्न अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा ओएनएफको पूर्व उपाध्यक्ष एवं सल्हाकार राजकुमार पण्डितले नेतृत्वमा जो रहेपनि क्रियाशील भएर पार्टी नेतृत्व पंक्तिलाई झकझकाउन आवाश्यक रहेको बताउनुभयो। पूर्व जनप्रगतिशिल मन्चका सल्लाहकार वेलुकाजी थापाले संगठनात्मक रुपमा अगाडी बढ्न छिट्टै संगठनलाई मूर्त रुप दिनुपर्ने कुरामा पार्टीले टुङगो लगाउनुपर्ने वताउनुभयो । कार्क्रममा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्य, जनप्रगतिशिल मन्चका पूर्व उपाअध्यक्ष मोहन पौडेलको सभापतित्व र पुर्व ओएनएफको कार्यवाहक अध्यक्ष सिद्धार्थ श्रेष्ठले स्वागत मन्तव्य द्धारा मन्त्री पोखरेललाई स्वागत गर्नुभएको थियो । भने कार्यक्रम पूर्व जनप्रगतिशिल मन्चका महासचिव श्यामहरी पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 19:31:57  549पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार