नेपाली समाज (NESO) इजरायलको अध्यक्षमा सुन्दरसिंह योन्जन सहित पदाधिकारीहरु निर्विरोध निर्वाचित


श्याम ङेसुर तामाङ ,तामाङपेज ,काठमाडौं ।

इजरायल । सङ्घिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता बैशाख २३ गते राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा भएको थियो ।

दुबै पार्टीबीच एकता भएपछि दुबै दलका नेता,कार्यकर्ता र शुभचिन्तकहरुमा खुशियाली छाएको छ । पार्टी एकतापछि समाजवादी पार्टी नेपालको इजरायलमा रहेको नेपाली सङ्घीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलबीच शनिबार एकता भएको जनाएका छन् ।

रामेछापका वासिन्दा हाल इजरायलमा रहनु भएका सामाजिक अभियन्ता एबम नेतृत्व सुन्दरसिंह योन्जन तामाङको अध्यक्षतामा नेपाली समाज (NESO) इजरायलमा सह अध्यक्ष तेजबहादुर श्रेष्ठ ,वरिष्ठ उपाध्यक्ष फुर्वा शेर्पा,उपाध्यक्षहरु :कुमार पौडेल,छोङवा शेर्पा,सर्किनी ह्योल्मो,दीपक ठकुरी शाह,महासचिव अनिलक मोक्तान,प्रबक्ता समीर श्याङबा ह्योल्मो,सचिवहरु: तारा ढकाल,आङछिरिङ शेर्पा,पेम्बाडोल्मो शेर्पा,शङकर गोले तामाङ,आर्थिक प्रमुख दोर्जे शेर्पा,कोषाध्यक्ष अनिता राई र सहकोषाध्यक्ष सुनिता मोक्तान तामाङ छनोट भएको छ ।

समाजको सदस्यहरुमा लाक्पा शेर्पा,रुक्सा भट्टराई ,अनुराम मोक्तान,सोनाम ह्योल्मो,उर्गेन शेर्पा,छ्योकी डुम्जन,पासाङ शेर्पा,गोमा पोखरेल,दुर्गा आङदेम्बे,पासाङ शेर्पा,नरेशकुमार श्रेष्ठ ,दावा नाङकाङ तामाङ रहेका छन् ।

सर्वसहमत नवनिर्वाचित नेपाली समाज इजरायलका अध्यक्ष सुन्दरसिंह योन्जन तामाङले समाजवादी पार्टी नेपालले लिएको सिद्धान्त र निर्देशनलाई सिरोपर गर्दै इजरायलमा प्रवास संगठनले कार्य गर्ने जनाए ।

समाजको प्रमुख सल्लाहकार पासाङनुर्बु शेर्पा ,सल्लाहकारहरु: बालकुमार राई,कल्पना मोक्तान,सावित्री अधिकारीलाई छनोट गरेको नेपाली समाज (NESO)इजरायलका नवनिर्वाचित अध्यक्ष सुन्दरसिंह योन्जनले बताएका छन् ।

प्रकाशित: समय: 20:52:00  577पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार