अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलको सातौं वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न

मंचको अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ लगायत निर्विरोध निर्वाचित

श्याम तामाङ ,तामाङपेज,काठमाडौ ।

इजरायल । आजभन्दा सात वर्ष अघि इजरायलमा स्थापित अन्तर्राष्ट्रिय कलाकार मंच प्रवास शाखा इजरायलको एन.आर.एन.ए.इजरायलका अध्यक्ष शान्ता अधिकारीको प्रमुख आतिथ्यमा नेपाल आदिवासी जनजाति  महासङ्घ इजरायलका अध्यक्ष नरेशकुमार श्रेष्ठ,कार्यक्रम संयोजक कादम्बरी दाना श्रेष्ठले सामुहिक रुपमा दीप प्रज्वलन गर्नु भएर शुक्रबार तेल अभिबस्थित यासो धामाला -४४ हलमा समुदघाटन गर्नु भएको छ ।

 

समुदघाटन समारोहलाई एन.आर.एन.ए.इजरायलका अध्यक्ष शान्ता अधिकारी ,नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलका अध्यक्ष नरेशकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सो अधिबेशनमा आर्थिक प्रतिबेदन मंचका कोषाध्यक्ष नुतन भुषालले राखेका थिए भने पहिलो सत्रमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलकी अध्यक्ष पेमा लामाले वर्तमान कार्य समिति ,आफुले नेतृत्व गरेको समिति  भङ्ग गरिएको घोषणा गरेर ,नयाँ कार्यसमिति चयनको लागि निर्वाचन मण्डलको संयोजकमा कृष्ण रायमाझीलाई जिम्मेवारी तोकेपछि अन्तर्राष्ट्रिय कलाकार मंच प्रवास शाखा इजरायल अध्यक्षमा कादम्बरी दाना श्रेष्ठको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनिलसिंह राजपुत,उपाध्यक्षहरु : पदमा गुरुङ,राज लिम्बू,सारा लामा,महासचिव युनिका गुरुङ,सचिव सुर्य रानामगर,कोषाध्यक्ष नुतन भुषाल र सहकोषाध्यक्षमा दुर्गा विसि चयन भएका छन् ।

 

मंचको सास्कृतिक विभाग प्रमुख स्वास्तिका श्रेष्ठ,उपप्रमुख अन्जु मोक्तान,सल्लाहकारहरु प्रीनिषा कन्दङबा,सावित्री राई रहनु भएको छ । अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलको सदस्यहरुमा खुशी निकु,स्वयम् सुब्बा,जिना सिंह ,जानू क्षेत्री,सीता क्षेत्री,कुसुम पुर्जामगर,कोपिला  भट्टराई ,सुदिप लिम्बू,इशा शर्मा,काव्य क्षेत्री,संरक्षक कृष्ण रायमाझी ,प्रमुख सल्लाहकार पेमा लामा ,सल्लाहकारहरु सीता घिसिङ ,देव बास्कोटालाई सर्वसहमत छनोट गरिएको निर्वाचन मण्डलले जनाएको छ ।

 

प्रकाशित: समय: 16:45:36  612पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार