गुठी विधेयक -२०७५ को चौतर्फी विरोध ,विधेयक खारेज गर्नुपर्ने बक्ताहरुको माग


तामाङपेज संवाददाता ।

काठमाडौं । नेपाल सरकारले गुठी विधेयक २०७५ ल्याएपछि सरोकारवालाहरुले चौतर्फी विरोध गरेका छन् ।

आईतबार राजधानीको गोकर्णेश्वर नगरपालिकादेखि जोरपाटी चोकसम्म विरोधका र्याली सहित कोणसभामा परिणत भयो ।

कोणसभामा झाकी ,धिमे बाजा गाजा सहित नेपालको झण्डा बोकेर सभामा आईपुगेका सामाजिक अभियन्ता गोपाल श्रेष्ठ ,सरोजकुमार श्रेष्ठ ,इन्जिनियर रामजीकुमार श्रेष्ठ,खडगी समाजका प्रतिनिधि दिपेन्द्र शाही ,पत्रकार अमित लामा लगायतले सम्पदा मास्न पाइदैन ,जनसरोकारसङ्ग जोडिएको यो गुठी विधेयक जनताको हितमा नरहेकोले खारेज गर्नुपर्ने माग राखेका छन् ।

यो गुठी विधेयक २०७५ को विरुद्ध ललितपुरमा पनि ज्यापू समाज लगायतका विभिन्न संघ संस्थाहरुले केही दिन अघि मंगलबजारमा मसाल जुलुससहित विरोध जनाएका थिए ।

प्रकाशित: समय: 15:26:31  749पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार