सागाधावाको अवसरमा बौद्धनाथ परिसरमा धार्मिक प्रवचन तथा पुजापाठ सम्पन्न


तामाङपेज संवाददाता ।

काठमाडौ । नेपाल बौद्ध लोटस अमेरिका सङ्घको आयोजनामा जेष्ठ ३२ गतेदेखि शुरु भएको ङिङमापा सम्प्रदायका बौद्ध धर्मगुरु टुल्कु स्याङदार रेम्पोर्छे,टुल्कु नवाङ,थार्चेन रेम्पोर्छेको विशेष आतिथ्यमा २ सय ५० जना भन्दा बढी आनि ( भिक्षुणी) हरुको सहभागितामा धार्मिक प्रवचन तथा पुजापाठ सोमबार सम्पन्न भएको छ ।

पुजामा सम्लग्न आनि (भिक्षुणी) च्योइ ताछोकले विश्व शान्ति ,समस्त मानव जगतको कल्याणको लागि सागाधावाको अवसरमा धार्मिक प्रवचन तथा पुजापाठ बौद्धनाथ परिसरमा गरिएको जानकारी गराएका छन् । आज सागाधावा ,जेष्ठ पुर्णिमाको दिन विश्वभरका बौद्धधर्मलम्बिहरु गुरुजन,बौद्धमार्गीहरुले विश्व शान्ति ,पुजापाठ गरेर ,दीप प्रज्वलन,दान गरेर धुमधामकासाथ मनाउने गर्छन् ।

तस्बिर : अमित लामा ।

प्रकाशित: समय: 13:41:11  731पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार