तामाङपेज संवाददाता ।
इलाम ।
एक दशक भन्दा बढी नेपाली कलाकारिता नृत्य ,चलचित्र निर्देशनमा लागि पर्नु भएका युवा चलचित्र निर्देशक पेमा ग्याबा तामाङले निर्देशन तथा मेख गुरुङले निर्माण गर्नु भएको चर्चित कलाकारहरुद्वारा अभिनय गरिएको टेलि सिरियल भो-त-अब भन्ने टेलिचलचित्रले दर्शकको माया जित्न सफल भएको छ ।
एन टिभि प्लस टेलिभिजनमा साताको प्रत्येक आइतबार बेलुकी ८:३० बजे प्रसारण हुँदै आएको भो-त-अब दर्शकलाई मनोरञ्जन दिलाउने ,जनजागरण ,चेतना फैलाउने मुख्य उद्धेश्य लिएर प्रसारण गर्दै आएको यस टेलिसिरियलका निर्देशक पेमा ग्याबा तामाङले तामाङपेजसङ्गको सम्पर्कमा जानकारी गराएका छन् ।