ग्याबा तामाङ उत्थान संघले घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङलाई बिधाई गर्यो


तामाङपेज संवाददाता ।

काठमाडौ ।  ग्याबा तामाङ उत्थान संघ,केन्द्रीय कार्य समिति ,काठमाडौले केही समयको लागि बिदामा नेपाल आउनु भएका नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष ,कलाकार,संचारकर्मी सुरेश ग्याबा तामाङलाई कर्मभुमी जाने क्रममा आईतबार विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथ परिसरमा संघका केन्द्रीय अध्यक्ष बाबुराम ग्याबा तामाङ र लामा गुरु सुर्यसागार ग्याबा तामाङले खादा अर्पण सहित बिधाई गर्नु भएको छ ।

ग्याबा तामाङ उत्थान संघका केन्द्रीय अध्यक्ष बाबुराम ग्याबाले नेपाल तामाङ घेदुङ प्रवास शाखा कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङ ,ग्याबा तामाङ उत्थान संघको केन्द्रीय सल्लाहकार र संघको विदेश विभाग प्रथम संयोजकको जिम्मेवारी रहेको समेत बताएका छन् ।

 

 

 

प्रकाशित: समय: 23:47:01  638पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार