मोरङ मिक्लाजोङ्गमा श्रीजंगा पाठशालाको साम्सद उपेन्द्र घिमिरेबाट समुदघाटन


श्याम तामाङ 

तामाङपेज ,काठमाडौ ।

मोरङ । किराँत याक्थुङ चुम्लुङ इजरायलको रु.१६ लाख,धनबहादुर लिम्बुबाट एक रोपनी जग्गादान ,मिक्लाजोङ गाउँपालिकाबाट आर्थिक अनुदान रु.५ लाख ,कियाचु इजरायल पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता नयन इमसङ्ग याक्थुङवा विशेष आर्थिक सहयोग र कियाचु इजरायल निवर्तमान अध्यक्ष गीता तुम्बाहाम्फे लगायतको विशेष आर्थिक सहयोग तथा सहकार्यमा निर्मित मिक्लाजोङ्ग -४ श्रीजंग पाठशाला(श्रीजंग निसाम) को शनिबार एक भब्य समारोहकाबीच मोरङ जिल्ला क्षेत्र न.१ (ख) प्रदेश सभा साम्सद उपेन्द्र घिमिरे,कियाचु केन्द्रीय सचिव डा.योगेन्द्र पालुङ्गबा ,कियाचु इजरायलका निवर्तमान अध्यक्ष गीता तुम्बाहाम्फे लगायत किराँत बाजा बजाएर ,रीबन काटेर च्याब्रुङ नृत्य गरेर समुदघाटन गर्नु भएको छ ।

विशेष त याक्थुङ भाषाको पाठ्यक्रमको पठनपाठन गर्ने उद्धेश्यले मातृ भाषालाई जोगाउन,मातृ भाषाको ब्यवहारिक ज्ञान हासिल गर्न मुलुकमा नै पहिलो मातृ भाषीहरुको पहलमा निर्माण गरिएको यो पाठशाला नै सम्भवत पहिलो हुन सक्छ ।

 

पाठशालाको समुदघाटन समारोहमा मिक्लाजोङ्ग गाउँपालिका उपाध्यक्ष,राजनितिक कर्मी प्रेम मिभक,अशोक चेम्जोङ,कियाचु लिम्बुवान प्रदेश समिति कोषाध्यक्ष विमला पालुङ्गबा,कियाचु मोरङ जिल्ला अध्यक्ष विवेक लिम्बू ,वडाअध्यक्षहरु ,वडा सदस्यहरु ,विभिन्न राजनितिक दलका प्रतिनिधिहरु,सुरक्षाकर्मीहरु ,पत्रकारहरु,विभिन्न संघ,संस्थाका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको व्यापक सहभागिता रहेको स्थानिय वासिन्दाहरुले बताएका छन् ।

प्रकाशित: समय: 23:04:01  693पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार