दलचोकीमा तरकारी खेती तालिम तथा कृषि सामग्री वितरण


तामाङपेज संवाददाता ।

ललितपुर । दलचोकी ।

उज्यालो किरण सानाकिसान कृषि सहकारी संस्थाको आयोजना ,कोन्ज्योसोम गाउँपालिकाको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र ललितपुरको प्राविधिक सहयोगमा बिहीवार र शुक्रबार दुई दिने तरकारी खेती तालिम र कृषि सामग्री वितरण दलचोकीमा सम्पन्न भएको छ ।

कोन्ज्योसोम गाउँपालिका वडा न.२ संखु र वडा न.३ दलचोकीका ६५ घरधुरी कृषकहरुलाई तालिम, बीउ विजनमा काउली ,बन्दाकोपी ,साग ,मुला,धनिया,भिटामिनहरु,प्लास्टिक, स्प्रे ,हजारी २०/२० थान,चेप्कटर ६ थान वितरण गरेको उज्यालो किरण सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष बद्री घिमिरेले बताएका छन् ।

 

सो समारोहमा कोन्ज्योसोम-३ दलचोकीका वडाअध्यक्ष तीलक लामा,कृषि प्रसार अधिकृत बुद्धिप्रसाद श्रेष्ठ ,सहजकर्ता सुनकुमारी थिङ तामाङ,वडा प्राविधिक केशव बजगाई,कृषि स्वयंसेवक कमला मिजार,वडाका प्रतिनिधिहरु ,कृषकहरुको व्यापक सहभागिता रहेको थियो।

प्रकाशित: समय: 22:05:04  787पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार