व्यवसायी डेबिट श्रेष्ठद्वारा क्यान्सर पीडित टीकामाया विश्वकर्माको उपचार्थ सहयोग प्रदान


तामाङपेज संवाददाता ।

मलेसिया । विगत लामो समयदेखि मलेसियामा व्यवसाय गर्दै आउनु भएका तेह्रथुम जिल्ला ,लालिगुराँस नगरपालिका वडा न.८ का वासिन्दा ,तेह्रथुम मलेसिया सम्पर्क मंचका वरिष्ठ सल्लाहकार ,समाजसेवी एवं व्यवसायी डेबिट श्रेष्ठले क्यान्सर पीडित टीकामाया विश्वकर्माको उपचार्थ रु.२६ हजार ५ सय अर्थात एक हजार मलेसियन रिङ्गेट मंचका सचिव रमेश थापालाई आइतबार मलेसियामा प्रदान गर्नु भएको छ ।

मलेसियामा कार्यरत व्यवसायी श्रेष्ठले आपतविपतमा परेका नेपालीहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

व्यवसायी एवं समाजसेवी डेबिट श्रेष्ठले खीनमाया लिम्बु बचाउ अभियानमा रु.२६ हजार ५ सय,खडग जोगी बचाउ अभियानमा रु.३२ हजार आर्थिक सहयोग गरेका थिए ।

मलेसियामा तेह्रथुमका युवा डेबिट श्रेष्ठले एक सबल व्यवसायी तथा सामाजिक अभियन्तको रुपमा स्थापित भएका छन् । तेह्रथुम मलेसिया सम्पर्क मंचका अध्यक्ष प्रेम सुब्बाले मंचका वरिष्ठ सल्लाहकार ,समाजसेवी एवं व्यवसायी डेबिट श्रेष्ठले सामाजिक कार्यमा पुर्याउनु भएको योगदानको संस्थागत ,ब्यक्तिगत रुपमा हार्दिक आभार सहित धन्यबाद प्रकट तामाङपेजसङ्गको कुराकानीमा  गर्नु भएको छ ।

 

प्रकाशित: समय: 21:38:51  522पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार