कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामाले संखु मानेचौरका कृषकहरुलाई चेप्कटर मेशिन प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर । सदाबहार दुग्ध सहकारी संस्थाको आयोजनामा कोन्ज्योसोम गाउँपालिका -२ संखु ,मानेचौरमा शुक्रबार कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामाले ८ घरधुरीका ८ जना कृषकहरुलाई कोन्ज्योसोम गाउँपालिकाको पचास प्रतिशत अनुदानमा प्राप्त चेप्कटर मेशिन प्रदान गर्नु भएको छ ।

चेप्कटर मेशिन प्रदान समारोहमा कोन्ज्योसोम-२ संखुका वडाअध्यक्ष ध्रुव घिमिरे,वडा सदस्यहरु ,कृषकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 19:50:11  905पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार