तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरद्वारा रामेछाप घाट्टेखोलाकी मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान

छोर्वाला काई रेडियो कार्यक्रमका प्रस्तोता एबम अभियन्ता सुदिन दोङले शनिवार चलचित्रको शो गरेर रहेको रकम मृगौला पीडितलाई आज प्रदान गरेको जानकारी गराएका छन् ।

श्याम ङेसुर तामाङ ,तामाङपेज ।

भक्तपुर । छोर्वाला काई रेडियो कार्यक्रमका प्रस्तोता,संयोजक एबम सामाजिक अभियन्ता सुदिन दोङ तामाङको सक्रियतामा शनिबार भक्तपुरको बाराही हलमा ल्हुई ह्रोको विशेष च्यारिटो शो सम्पन्न गरेको छ ।

विशेष त रामेछाप जिल्ला,दोरम्बा गाउँपालिका -७ घाट्टेखोला निवासी ३५ वर्षिय उर्मिला तामाङको दुवै मृगौला फेल भएर ,आर्थिक अभावकाकारण उपचारमा समस्या भएपछी अभियन्ता दोङले अभियान चलाएका हुन् ।

बाराही हलमा चलचित्रको शो पछि बचेको रकम रु.६० हजार ७ सय ८५ रुपैयाले आज आईतवार तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष ,हाँस्यकलाकार ,चलचित्र निर्देशक विकु थोकरको प्रमुख आतिथ्यमा ,नायक एबम निर्देशक विनायक लोप्चन तामाङ विशेष आतिथ्यमा र अन्य महानुभावहरुको उपस्थितिमा मृगौला पीडित उर्मिलालाई प्रदान गरेको छ ।

मृगौला पीडित उर्मिला तामाङको आर्थिक अवस्था कमजोर भएकोले सहयोग गरेको अभियन्ता एबम संचारकर्मी सुदिन दोङले बताएका छन् ।

प्रकाशित: समय: 18:53:21  839पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार