तेह्रथुम मलेसिया सम्पर्क मन्चले क्यान्सर पीडित टीकामाया विश्वकर्मालाई सहयोग रकम असार ३ गते प्रदान गर्ने

तेह्रथुम जिल्ला,लालिगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङबाट प्रदान गर्ने मंचका अध्यक्ष प्रेम सुब्बाले जनाएका छन् ।

तामाङपेज संवाददाता ।

मलेसिया । तेह्रथुम मलेसिया सम्पर्क मंच मलेसियाले तेह्रथुम जिल्ला ,लालिगुराँस नगरपालिका वडा न.८ की क्यान्सर पीडित टीकामाया विश्वकर्माको उपचारको लागि आर्थिक सहयोग संकलन गरि रहेको छ ।

मंचका अध्यक्ष प्रेम सुब्बाले क्यान्सर पीडित विश्वकर्मालाई असार ३ गते लालिगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङको आतिथ्यमा मंगलबारेमा स्थानीय वडाका वडाअध्यक्ष,वडासदस्यहरु,सरोकारवालाहरुको उपस्थितिमा आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको बताएका छन् ।

तेह्रथुम मलेसिया सम्पर्क मंचका सचिव रमेश थापाले अहिले मलेसियामा सहयोग रकम संकलन जारी रहेको के कति सहयोग रकम प्रदान गर्ने सो बारे सम्पूर्ण जानकारी गर्ने तामाङपेजसङ्गको सम्पर्कमा बताउनु भएको छ ।

क्यान्सर पीडित टीकामाया विश्वकर्माको आर्थिक अवस्था अतिनै दयनीय भएकाले आर्थिक संकलन गरि उपचारमा थप मद्दत मिलोस भनेर मंचले आर्थिक सहयोग संकलन गरेको अध्यक्ष प्रेम सुब्बाले जनाएका छन् ।

प्रकाशित: समय: 18:15:35  717पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार