गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानको १५ औं हप्ताको कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानको १५ औं हप्ताको कार्यक्रम गोदावरी रचनाटार पुल क्षेत्रमा सरसफाइ गरी आइतबार सम्पन्न भएको छ ।

अभियानकी अभियन्ता बेबी राजभण्डारी थापाले महानगरिय प्रहरी प्रभाग बाडेगाउँका इनिष्पेक्टर श्याम कटुवालको नेतृत्वमा सम्मिलित प्रहरी ,मुक्तिनाथ विकास बैंकका ५ जना कर्मचारी,रचनाटार युथ क्लवबाट १० जना,नेपाल रेडक्रस सोसाइटी गोदामचौरबाट ५ जना,मदरल्याण्ड स्कुलका १० जना,महिला,बालबालिका ,अन्य महानुभावहरु गरि १ सय जनाको सहभागितामा सरसफाइ गरिएको हो ।

यस अभियानलाई सफल पार्न गोदावरी नगरपालिका -२ रचनाटार युथ क्लवका प्रतिनिधि एबम युवा नेता रामचन्द्र पुरीबाट दुई प्याकेट पन्जा ,वाग्मती सरसफाईका अभियन्ता चित्र सुनुवारबाट एक प्याकेट पन्जा सरसफाइ अभियानलाई प्राप्त भएको र आइतबार सङकलित ४ टन फोहोर नेप्को नेपाल हरिसिद्धिले ब्यवस्थापन गरेको समेत बताइन् । यो सरसफाइ अभियान प्रत्येक साताको आइतबार  बिहान १० देखि ११ बजेसम्म नियमित रुपमा संचालन हुँदै आएको छ ।

प्रकाशित: समय: 16:46:17  695पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार