श्याम तामाङ ,तामाङपेज,काठमाडौं ।
इजरायल । विश्वका आदिवासी जनजाति एक हौं ,आफ्नो भेषभुषा ,भाषा,कला,संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं भन्ने मूल नाराका साथ इजरायलमा सात वर्ष अघि स्थापित नेपाल आदिवासी जनजाति महासङ्घ इजरायल प्रवास शाखाको शुक्रबार ओल्फसन -६६ तेलभिवमा संस्थापक आदिवासी जनजाति महासङ्घ इजरायलका अध्यक्ष एबम आदिवासी जनजाति अगुवा तेन्जिङ शेर्पाको प्रमुख आतिथ्य तथा एन आर एन ए इजरायलका अध्यक्ष एबम सामाजिक अभियन्ता शान्ता अधिकारीको विशेष आतिथ्यमा सातौं वार्षिक उत्सव तथा साधारण सभा महासङ्घका अध्यक्ष नरेशकुमार श्रेष्ठको सभाअध्यक्षतामा पहिलो सत्रको सभा सम्पन्न भएको थियो ।
सो सभामा नेपाल आदिवासी जनजाति महासङ्घ इजरायल प्रवास शाखाका संस्थापक जातिय सामाजिक संघ,संस्थाका हालका प्रतिनिधिहरुमा नेपाल शेर्पा संघ अध्यक्ष ल्हाक्पा शेर्पा,नेपाल तामाङ घेदुङ अध्यक्ष अनिला मोक्तान,किराँत राई यायोख्खा अध्यक्ष इन्दुकोयु राई,तमु समाज अध्यक्ष आशमाया गुरुङ,किराँत याक्थुङ चुम्लुङ अध्यक्ष कुमार आङदेम्बे,राष्ट्रिय नेवा: खल: अध्यक्ष मनु श्रेष्ठ ,नेपाल मगर संघ अध्यक्ष लिला थापा र ह्योल्मो समाजकी अध्यक्ष सर्किनी ज्याबा ह्योल्मोले प्रतिनिधित्व गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलका निवर्तमान अध्यक्ष नरेशकुमार श्रेष्ठको संयोजकत्वमा कुमार श्रेष्ठ,ल्हाक्पा शेर्पा,अनिला मोक्तान,इन्दुकोयु राई,कुमार आङदेम्बे ,मनु श्रेष्ठ,सर्किनी ज्याबा ह्योल्मो रहेको निर्वाचन समितिले नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलको अध्यक्षमा तारा काउचा मगरको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पेमाडोमा ह्योल्मो ,उपाध्यक्षहरु: देवकुमार खालिङ ,आङछिरिङ शेर्पा,एलिजा दोङ,नुमाबोखिम लिम्बू,स्वाष्तिका श्रेष्ठ ,महासचिव खुशी घले,प्रथम सचिव छोङबा शेर्पा,सचिवहरु :निङमा घिसिङ,शान्ति गुरुङ,कशिश वान्तवा,दावासोनाम ह्योल्मो,मनकुमारी मगर,कोषाध्यक्ष आइन्द्र लिम्बू र सहकोषाध्यक्ष विमला श्रेष्ठ रहेका छन् ।
महासङ्घको नवनिर्वाचित सल्लाहकारहरुमा वालकुमार राई,दीपक रानामगर,नरेश कुमार,डम्बर गुरुङ,दावाछिरिङ,गीता तुम्बाहाम्फे,अनिता तामाङ ,ल्होप्साङ ह्योल्मो र संरक्षक परिषद सदस्यहरुमा तेन्जिङ शेर्पा ,सुन्दरसिंह योन्जन ,डोमा शेर्पा ,निर्मला गुरुङ ,नयन इम्सोङ लिम्बुलाई छनोट गरिएको निर्वाचन समितिका संयोजक एबम नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलका निवर्तमान अध्यक्ष नरेशकुमार श्रेष्ठले बताउनु भएको छ ।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचितको प्रमाण पत्र,सपथ ग्रहण ,जिम्मेवारी प्रदान गरि इजरायलयमा रहनु भएका विभिन्न सङघ संस्थाका प्रतिनिधिहरु ,जातिय संघ,संस्थाका प्रतिनिधिहरु,सरोकारवालाहरुको व्यापक उपस्थिति रहेको थियो ।