दोश्रो गोकर्णेश्वर नगरकप फुटसल प्रतियोगिता सम्पन्न,वृहस्पती फुटसल विजयी


तामाङपेज संवाददाता ।

काठमाडौ । जोरपाटी युवा क्लवको आयोजनामा एकहप्तादेखि शुरु भएको दोश्रो गोकर्णेश्वर नगरकप फुटसल प्रतियोगिता शनिबार जोरपाटीमा सम्पन्न भएको छ ।

जोरपाटी युवा क्लवका अध्यक्ष साम्देन लामाकानुसार गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले फुटसल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न फुटबलतर्फ वृहस्पति फुटसललाई ट्रफी,मेडल ,प्रमाणपत्र र नगद पुरस्कार रु.५० हजार प्रदान गर्नु भयो ।

यस्तै गरि द्धितिय स्थान हासिल गर्न सफल बेथ्लेनेन युवा क्लवलाई नगद पुरस्कार रु.२५ हजार,ट्रफी,प्रमाणपत्र र मेडल गोकर्णेश्वर नगरपालिका वडा न.५ का वडाअध्यक्ष नारायणबहादुर सुवेदीले प्रदान गरेका थिए।

नगरप्रमुख चालिसेले वृहस्पति फुटसलका उत्कृष्ट खेलाडी बन्न सफल जीतेश थापालाई रु.१० हजार र बेथ्लेनेन युवा क्लवका उत्कृष्ट गोलरक्षक बन्न सफल अर्जुन तामाङलाई रु.५ हजार नगद,ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भएको थियो।

जेष्ठ २५ गतेदेखि शुरु भएको सो प्रतियोगितामा २८ वटा टीमले सहभागिता जनाएका थिए । कार्यक्रम संयोजक प्रकाश सुवेदी रहनु भएको थियो।

सहभागी टीम,विजयी टीम,खेलाडीहरु ,प्रमुख अतिथि ,विशेष अतिथि,अतिथि,प्रशिक्षक ,निर्णायक मण्डल,सहयोगी संघ,संस्थाहरु र उत्कृष्ट नृत्य प्रस्तुत गर्नुहुने कलाकारहरु एनजिला कार्की ,शारदा दर्नाललाई मायाको चिनो ,प्रमाणपत्र प्रदान गरिएको क्लवका अध्यक्ष साम्देन लामाले बताएका छन् ।

 

तस्बिर : अमित लामा

 

 

प्रकाशित: समय: 11:07:30  646पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार