कोन्ज्योसोम-२ संखुको आ.व.०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक

वडाको कार्यक्रम सम्पन्न गर्न रु.१ करोड ५० लाख बजेट माग गर्ने वडा अध्यक्ष ध्रुव घिमिरेले बताएका छन् ।

तामाङपेज संवाददाता ।

ललितपुर/संखु 

कोन्ज्योसोम गाउँपालिका -२ संखु वडा कार्यालयका वडा अध्यक्ष ध्रुव घिमिरेको अध्यक्षतामा शुक्रबार संखु,म्हानेचौरमा बसेको बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

वडा कार्यालयमा संखुका वडा सदस्यहरु ,राजनितिक दलका नेताहरु ,सरकारी,गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु,महिला,आदिवासी जनजाति ,दलित,अपाङ्गता भएका र सरोकारवाला ब्यक्तिहरुलाई निमन्त्रणा गरेर वडाको सभा कक्षमा वडाका वडाअध्यक्ष घिमिरेले आ.व.०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

आ.व.०७५/०७६ को समिक्षा र आ.व.०७६/०७७ को लागि मोटरबाटो,कृषि,शिक्षा,स्वास्थ्य,पशु ,कार्यालय संचालन लगायतका कार्यहरु सम्पन्न गर्न रु.१ करोड ५० लाख रकम विनियोजित गर्न कोन्ज्योसोम गाउँपालिकामा नीति तथा कार्यक्रम पेश गर्ने वडाअध्यक्ष ध्रुव घिमिरेले तामाङपेजसङ्गको सम्पर्कमा बताउनु भएको छ ।

प्रकाशित: समय: 9:05:22  525पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार