शिक्षा मन्त्री गिरिराजमणि पोखरेल जापान प्रस्थान


तामाङपेज संवाददाता

जापान ।

जापानमा जापान एयरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (JAXA) द्वारा आयोजना हुने नेपाली स्याट- १ को अन्तरिक्षमा प्रक्षेपण सम्बन्धि ऎतिहासिक अवलोकन कार्यक्रममा सहभागी हुन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको नेतृत्त्वमा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ लगायतका टोली जापान प्रस्थान गर्नु भएको छ ।

जापानमा जुन १७ तारिखमा हुने कार्यक्रममा भाग लिने क्रममा  नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री पोखरेलले जापानमा रहेका राजनितिक ,नेपाली संघ,संगठनका विभिन्न व्यक्तिहरुसंग भेटघाट गर्नु हुने स्वकीय सचिव विनोद न्यौपानेले जानकारी गराएका छन् ।

प्रकाशित: समय: 8:00:24  764पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार