साम्सद नवराज सिलवालद्वारा गोदावरी धोबिखोलामा प्राविधिक शिक्षालयको शिलान्यास

गोदावरी नगरपालिकाबाट शिक्षालय निर्माणको लागि रु.१ करोड बजेट विनियोजित गरेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी गराउनु भएको छ ।

श्याम तामाङ,तामाङपेज ।

ललितपुर । प्रतिनिधि सभाका साम्सद नवराज सिलवालको प्रमुख आतिथ्यमा प्रदेश साम्सद लालकुमारी पुन शुशिला ,गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीले गोदावरी नगरपालिका -२ धोबिखोलामा इट्टा,सिमेन्ट ,ढुङ्गाको जग राखेर प्राविधिक शिक्षालयको  एक भब्य समारोहकाबीच शिलान्यास गर्नु भएको छ ।

प्रमुख अतिथि एबम प्रतिनिधि सभाका साम्सद सिलवालले शिलान्यास गर्नुहुदै भवन निर्माण उपभोक्ता समितिले चुस्त ,दुरुस्त काम गर्नुपर्ने,स्थानिय वासिन्दाले पनि सक्दो साथ दिनुपर्ने ,स्थानिय निकाय गोदावरी नगरपालिका वडाले भरपुर साथ दिलाईएको खण्डमा आफू साम्सद भएको नाताले प्राविधिक शिक्षालयको भवन निर्माणको लागि बजेट ल्याउन लागि पर्ने बताउनु भयो ।

 

 

विशेष अतिथि एबम प्रदेश साम्सद लालकुमारी पुन शुशिलाले पनि शिक्षालयको भवन निर्माण गर्न सक्दो सहयोग गर्ने बताइन् ।

 

 

गोदावरी नगरपालिका नगर प्रमुख एबम विशेष अतिथि गजेन्द्र महर्जनले प्राविधिक शिक्षालय निर्माणको लागि गोदावरी नगरपालिकाले रु.१ करोड रकम विनियोजित गरेको जानकारी दिनु भयो ।

 

भवन शिलान्यास समारोहमा गोदावरी नगरपालिका नगर उपप्रमुख मुना अधिकारी ,गोदावरी नगरपालिका वडा न.२,३,६,११,१२ नम्बरका वडाअध्यक्षहरु क्रमश देवेन्द्रकुमार बस्नेत,वालमुकुन्द घिमिरे,विष्णुमान महर्जन,निलबहादुर देशार,भास्कर थापा ,महानगरीय प्रहरी प्रभाग बाडेगाउँ प्रहरी निरिक्षक श्याम कटुवाल,वडाका वडा सदस्यहरु ,स्थानिय वासिन्दा एबम सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्राविधिक शिक्षालय भवन निर्माण उपभोक्ता समितिका संयोजक पुष्कर गिरिको सभाअध्यक्षतामा सम्पन्न समारोहमा भवन निर्माणको लागी लागत खर्च रु.२० करोड लाग्ने बताएका छन् ।

प्रकाशित: समय: 22:40:19  713पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार