तामाङ अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सव सम्पन्न

श्यामा पिन्बा चलचित्रले ग्रान्ड जुरी अवार्डसहित नगद पुरस्कार ५० हजार पायो

श्याम तामाङ,तामाङपेज ।

काठमाडौ। तामाङ आवाज,सेलो फाउण्डेसनको आयोजनामा एससीआरसीको सहकार्यमा राजधानीको राष्ट्रिय सभा गृहमा बुधबार शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीले तामाङ रिमठीमनुसार दुईदिने अन्तर्राष्ट्रिय स्वतन्त्र तामाङ चलचित्र महोत्सवको समुदघाटन गर्नु भएको थियो ।

 

समुदघाटन समारोहमा प्रतिनिधि सभाका साम्सद एबम पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङ, प्रतिनिधि सभाका साम्सद एबम पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ ,नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता परशुराम तामाङ,नेपाल तामाङ घेदुङका महासचिव बाबू घिसिङ ,भाषाविद अमृत योन्जन,पत्रकार फूलमान बल ,विभिन्न तपतहका तामाङ ब्यक्तित्वहरु ,पत्रकार,साहित्यकार,नायक,नायिका ,गायक ,गायिका ,व्यवसायी,संघ,संस्थाहरुका प्रतिनिधिहरु लगायत सरोकारवालाको बाक्लो उपस्थिति रहेका थिए ।

 

बुधबार महोत्सव उदघाटन,समिक्षा,चलचित्र,वृत्तचित्र प्रदर्शन,भेषभुषा ,मुर्ती,पुस्तक ,पत्रपत्रिकाहरुको प्रदर्शन समेत भएको थियो ।

बिहीबार पनि चलचित्र,वृत्तचित्रको प्रदर्शन सम्पन्न सहित काठमाडौको नयाँ बानेश्वस्थित शितल चौतारीमा तामाङ खानपानसहित चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यमा महोत्सव सम्पन्न तथा अवार्ड वितरण समारोह भएको छ ।

दुई दिने महोत्सवमा १९ वटा चलचित्र तथा वृत्तचित्रले प्रतिस्पर्धामा प्रदर्शन गरेको थियो । ती चलचित्र तथा वृत्तचित्रहरुमा फापार व्हाई,म्हेन्दोमाया ,गिफ्ट फ्रम मदर,शिशागासा,तउसुर म्हाने जात्रा,धुर्सा,सैलुङ यात्रा,नोर्बु,स्वयम्भु तेमाल जात्रा,संस्कार,क्युई,पीलग्रीम टु पाँचपोखरी,ह्याङला बोन,जर्नी टु सिङला,छ्योपोङ,मधुराजा,बुद्धचित्त,श्यामा पिन्बा प्रदर्शन भएका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष एबम प्रमुख अतिथि भट्टराईले दुई दिने महोत्सवमा निर्णायक मण्डलको आधारमा विशेष गरि नुवाकोट,धादिङ ,रसुवातिर तामाङ चेली ,छोरी हुर्केपछी श्यामा पिन्बा चलन छ ,चलचित्रका निर्देशक सन्चु थोकर तामाङद्वारा निर्देशित चलचित्र श्यामा पिन्बालाई ग्रान्डजुरी अवार्ड सहित रु.५० हजार नगद पुरस्कार प्रदान गर्नु भयो।

 

यस्तैगरी पब्लिक च्वाइस छ्योपोङ चलचित्र,स्पेसल मेन्सन म्हेन्दोमाया वृत्तचित्र ,इन्करेजमेन्ट नोर्बु चलचित्र,वृत्तचित्र बेष्ट वृत्तचित्र मधुराजा,चलचित्रतर्फ बेष्ट चलचित्र क्युईलाई अवार्ड,नगद पुरस्कार चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले प्रदान गरेका थिए ।

 

सो महोत्सवमा भिजुअल पोइटी,कविता वाचन,भेषभुषाको प्रदर्शन ,चित्रकला प्रदर्शन ,तामाङ मौलिक खाना समेत राखेको थियो ।

 

उक्त महोत्सवका अध्यक्ष विगेन्द्रसिंह वाइवाको सभाअध्यक्षतामा सम्पन्न महोत्सवको निर्देशक जगतमान तामाङ र महोत्सव संयोजक कुमार मोक्तान लगायतका रहेका थिए ।

तस्बिर श्रोत:

विगेन्द्रसिंह वाईवा तामाङ

बाबुराम ग्याबा तामाङ

मायालु ङेसुर तामाङ

देवी वाईवा तामाङ

अर्जुन ग्लान तामाङ

एनिका ग्लान तामाङ

 

 

 

 

 

 

 

 

प्रकाशित: समय: 15:19:45  966पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार