तामाङपेज संवाददाता ।
कतार । नेपाल तामाङ घेदुङ प्रवास शाखा कतारको शुक्रबार इभिनिङ्ग स्पाइस रेष्टुरेण्ट प्लाजा मल सनैयामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तामाङ घेदुङ कतारका प्रमुख सल्लाहकार विनेशकुमार मोक्तान तामाङले हामी युवासङ्ग क्षमता छ ,त्यो क्षमतालाई प्रदर्शन गर्नु पर्ने बेला आएको छ ,युवा मात्र भनेर हुन्न,सहि ,सत्य ,योजनाबद्ध ढङ्गले लाग्नु पर्छ भन्नुहुदै आम हामी तामाङले आफ्नो नामको पछाडि लामा र थर मात्र लेखेर आज तामाङ जातिको जातिय जनसंख्या एकिन नभएकोले हामी तामाङ जातिले नाम,थर र जातमा तामाङ लेख्नु पर्छ तबमात्र नेपाल सरकारले प्रत्येक १०/१० वर्षमा लिने जनसङख्याको डाटामा स्पष्ट जनसंख्या आउन सकिन्छ ,त्यस्को लागि हामीले विगतमा झै तामाङ लेखौ अभियानलाई अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।
त्यस्तैगरी घेदुङका विशेष सल्लाहकार एबम बचत तथा कल्याणकारी कोषका ब्यवस्थापन संयोजक इन्द्रबहादुर तामाङले कमाउनु ठूलो कुरा होईन बचत गर्नु ठूलो कुरा हो भन्दै रु.२५ लाखको बचत तथा लघुवित्त कोषको योजना,आकस्मिक आर्थिक सहायता,कतारमा रहदा आपतविपतमा पर्ने सहायताका बारेमा योजना राख्दै यो बचत कोषमा घेदुङका पदाधिकारी र कतारमा रहनुहुने तामाङजनले बचत गर्न सक्नेमा जोड दिएका छन् । यो कोष संचालन गर्नेमा नेपाल तामाङ घेदुङ प्रवास शाखा कतारले निर्णय गरेको छ ।
सो भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा तामाङ घेदुङ कतारका सल्लाहकार गोतावीर तामाङ,दीपेन्द्र घले,पदमबहादुर बल,संस्कृति घेदुङ अध्यक्ष हिरे तामाङ,युवा घेदुङ अध्यक्ष भीमबहादुर मोक्तान,महिला घेदुङ उपाध्यक्ष बबिता तामाङ,तम्बा घेदुङ अध्यक्ष आङ्गे तामाङ,लामा घेदुङ प्रतिनिधि रोशन तामाङ लगायत पदाधिकारीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
तामाङ घेदुङ कतार प्रवास शाखाका अध्यक्ष योगेन्द्र लो तामाङकानुसार सो भेटघाट तथा अन्तरक्रियामा घेदुङका सदस्य बन्नुहुने ,जिम्मेवार प्राप्त गर्नुहुने पदाधिकारीहरुलाई पद तथा गोप्यनियताको सपथ ग्रहण समेत गराईएको जनाएका छन् ।
नेपाल तामाङ घेदुङ प्रवास शाखा कतारका उपाध्यक्ष ज्ञानमान थिङले स्वागत र कार्यक्रमको संचालन सचिव विकास तामाङले गर्नु भएको थियो ।