रजत वर्ष प्रतिक चिन्ह अनावरण तथा साकोस सरोकार मन्त्री पद्धमाकुमारी अर्यालद्वारा विमोचित


श्याम तामाङ ,तामाङपेज ।

ललितपुर । ललितपुर  जिल्ला बचत तथा ऋण सहकारी संघले २५ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार पाटनढोकास्थित अशोक पार्टी प्यालेसमा भूमि व्यावस्थापन,सहकारी तथा गरिबी निवारण मन्त्री पद्धमाकुमारी अर्यालको प्रमुख आतिथ्यमा रजत वर्ष प्रतिक चिन्ह अनावरण तथा साकोस सरोकार नामक पुस्तिकाको एक भब्य समारोहकाबीच विमोचन गर्नु भएको छ ।

 

संघका अध्यक्ष रामहरि बजगाईकानुसार समारोहमा प्रतिनिधि सभाका साम्सद नवराज सिलवाल ,पुर्व मन्त्री केशब बडाल,प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिला,संघका पदाधिकारी ,जिल्लाभरी रहेका सहकारी संस्थाका अध्यक्ष,सहकारीकर्मीहरुको व्यापक सहभागिता रहेको जनाएका छन् ।

 

 

संघले रजत जयन्तिको अवसरमा रजत वर्ष प्रतिक चिन्ह अनावरण,साकोस सरोकार पुस्तिका प्रकाशन ,दीप प्रज्वलन जस्ता कार्यक्रमहरु गरेर रजत जयन्ति मनाएको छ ।

 

 

प्रकाशित: समय: 11:50:08  850पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार