तामाङपेज संवाददाता ।
ललितपुर । कोज्योसोम गाउँपालिका र चौघरे प्राङ्गरिक कृषि सहकारी संस्थाको आयोजनामा कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङको प्रमुख आतिथ्यमा चौघरेमा शुक्रबार कृषि सामग्री तथा बीउ वितरण समारोह सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष सिंतानले पहुँचबाट टाढा रहेका बिपन्न आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहकारीमा आवद्ध गराई ,सर्वप्रथम त्यस्ता समुदायहरुलाई हरेक सुविधा प्रदान गर्ने स्थानिय सरकारको योजना रहेको ,त्यो योजना दिन आफु तयार रहेको बताउनु भयो ।
कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङले ४३ घरधुरीका कृषकहरुलाई मौरीपाल्न घार मौरीसहित ६ घरधुरीलाई ,च्यापकटर ६ थान,भिजिटेबल शिल्प पोलिन,हजारी ३० वटा,स्प्रेयर २० वटा ,अर्गानिक खेतीतर्फ फेरोमेण्ट ट्याप,एल्लो ट्याप ,फनेल ट्याप ,बीउ विजनमा काउली ,रायो साग,हाईब्रीट मुला,बन्दकोपी,गोलभेडा लगायतका सामग्री ,बीउ विजन वितरण गरेको कोन्ज्योसोम गाउँपालिका कृषि प्रसार अधिकृत सीता लामाले बताएकी छिन् ।
चौघरे प्राङ्गरिक कृषि सहकारी संस्थाकी अध्यक्ष सुकुमाया स्याङतान तामाङको सभाअध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्थानिय वासिन्दा तथा कृषक दाजुभाई तथा दिदिबहिनीहरुको व्यापक सहभागिता रहेको थियो ।