राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री चतुर्मुखी मावि शक्तिखोरलाई सफलता


तामाङपेज संवाददाता ।

चितवन । कालिका नगरपालिका वडा न.९ शक्तिखोरमा शुक्रबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री चतुर्मुखी माविले सफलता हासिल गरेको छ ।

विद्यालयका प्र.अ.चन्द्र गुरुङले विद्यालयका विद्यार्थीहरुले १५ सय मिटर दौडमा छात्रा सोनिया तामाङ,रिलेमा छात्रा समूह प्रथम ,१५ सय मिटर दौडमा छात्रा सानुमाया घिमिरे,तेक्वान्दोतर्फ भक्तबहादुर आले मगर र भलिबल छात्रा समुहले द्धितिय स्थान हासिल गरेको बताएका छन्।

 

प्रतियोगितामा १ सय  तथा ३ सय मिटर दौडमा छात्रा कुमारी प्रजा,लङजम्प तथा १ सय मिटर दौडमा छात्र पुर्णबहादुर तामाङ,ज्याबलिङ थ्रो छात्रातर्फ सबिना गुरुङ,छात्रतर्फ समीर रानामगर र सटपुटमा छात्रा मेनुका गुरुङ लगायतले तृतिय स्थान हासिल गरेर प्रतियोगितामा पुरस्कार ,शिल्ड ,प्रमाणपत्र हासिल गर्न सफल भएको प्र.अ.गुरुङले बताउनु भएको छ ।

 

प्रकाशित: समय: 9:59:32  833पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार