नायक घिमिरेको सिरुपाते ट्राउड फार्म बडीखेलमा माछाका परिकारप्रेमिको धुईरो

नायक घिमिरेले आफ्नै लगानीमा रु.१ करोड २५ लाख भन्दा बढीको लगानी गरि सिरुपाते ट्राउड फार्मको स्थापना गरेका छन् ।

 तामाङपेज संवाददाता।

ललितपुर । सिरुपाते ट्राउड फार्म एण्ड रिजोर्ट प्रा.लि.बडिखेल ललितपुरमा नायक राज घिमिरेले रु.१ करोड २५ लाखभन्दा बढी लगानी गरेर स्थापना गरेका हुन् ।

गोदावरी टौखेलका एक युवा हुन् – राज घिमिरे ।

 

 

नेपाली चलचित्र फाटका एक सबल ,चर्चित कलाकार नायक पनि हुन्। दर्जनौ नेपाली चलचित्रमा नायकको भुमिकामा अभिनय गरेका नायक घिमिरेले दैनिक भान्सामा प्रयोग गरिने सेन्चुरी मिट मसलाको बट्टामा पनि मिट मसला लिएको हसिलो फोटो देख्न सकिन्छ ,तिनै ३५ वर्षे युवा राज घिमिरे ,नायकले ब्राण्ड सेन्चुरी मसलाको एम्बेस्डर पनि हुन्।

 

 

 

तिनै खेलाडी,सामाजिक अभियन्ता ,युवा नेता हुँदै केही समय अघिदेखि गोदावरी बडिखेल जहाँ नेपालका आदिवासी जनजातिमध्ये पहरी समुदायका जातजातिको अत्याधिक बसोबास रहेको स्थलमा करिब १ करोड २५ लाख भन्दा बढी लगानी गरेर सिरुपाते ट्राउट फार्म एण्ड रिजोर्ट प्रालिको व्यवसायिक रुपमा स्थापना गरि व्यवसायी समेत बनेका छन् ।

ललितपुरको रिङ्गरोड सातदोबाटो ट्राफिक चोकबाट उत्तर्पुर्वी क्षेत्रमा करिब ८ किमिको छोटो दुरिको यात्राबाट बडिखेलमा रहेको सिरुपाते ट्राउड फार्ममा पुगेर माछाका परिकारहरु आफै माछा मारेर लिन सकिन्छ ।नायक घिमिरेले संचालन गरेको यस फार्ममा साम्सद लालकुमारी पुन शुशिला,बालबालिका,वयस्क ,बृद्धादेखी विदेशी माछाका पारखीहरु समेत पुगेर माछाको स्वादको साथमा नेपाली खाना ,विभिन्न परिकारहरुको स्वाद लिई सकेका छन् ।

यत्तिखेर साम्सद,बालबालिका,वयस्क ,बृद्धादेखि विदेशीसम्मको आउजाउले सिरुपाते ट्राउड फार्म एण्ड रिजोर्ट प्रालि,बडिखेल भरिभराउ हुने गरेको छ।शान्त पारिवारिका वातावरण ,हरियाली वनजङ्गल,अर्गानिक खाना ,विशेष गरि माछाका स्वदिष्ट परिकारकाकारणले गर्दा ग्राहकहरुको रोजाइमा पर्न सफल भएको छ भन्दा फरक नपर्ला । व्यवसायमा मात्र नायक घिमिरेको लगाव त्यो बाहेक खेलकुदमा पनि छ,प्रत्येक युवा युवतीले आफ्नो स्वास्थ्यप्रती ख्याल राख्नुपर्ने त्यस्को लागि खेलकुदमा पनि नियमित रुपमा लाग्नुपर्ने बताउँछन् ।

नायक राज घिमिरे ,टौखेल ,गोदावरीका एक युवा भएपनि दिनदुखियाको सेवा ,कोहि मान्छे विरामी भयो भने आफ्नै गाडीमा एम्बुलेन्स सेवा निशुल्क दिई,आर्थिक अवस्था कमजोर भएमा उपचार खर्चसमेत आफैले गरेर समाजमा सामाजिक उत्तर दायित्वको कर्तव्य निभाएका नेतृत्वले अनुहार चिनेको तर राज घिमिरेको कर्म चिनेका छैनन् तापनी निस्वार्थ भावले अनावरत रुपमा जनतामाझ प्रत्यक्ष खटिरहेका राज घिमिरे ,समाजको सच्चा पहरेदार समेत हुन् ।गोदावरी सरसफाई अभियान ,विकासमा आफै साबेल चलाउन ,फोहोर उठाउन समेत लागि पर्नु भएका युवा व्यवसायी घिमिरे जनताको शुखदुखमा घरदैलोमा पुगेका छन् ।

बिहान उठेदेखि रातको बार्हबजेसम्म निरन्तर समाजमा नै देखापर्दै खटिएका यिनै एक युवा ब्यक्तित्व पारिवारिक अवस्था सबल छ ,आफ्नो छोरीले आफुलाई भविष्यमा डाक्टर बन्ने ईच्छा राख्दा खुशी लागेको तर्क राख्दै प्रत्येक नेपाली आमाबुबा,अभिवावकको आफ्नो दर सन्तान छोराछोरी ,बालबालिकाको ईच्छा मुताविकको क्षेत्रमा शिक्षण गर्नुपर्ने ,अभिभावकले आफ्ना छोराछोरी ईच्छामा विषय छनोट गरि शिक्षामा लगानी गर्नुपर्ने तर्क छ।

तामाङपेजसङ्गको सम्पर्कमा आफुलाई समाजप्रती सामाजिक अभियानको रुपमा लाग्न उज्यालो नेपालका अभियन्ता एबम नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यले आफुलाई प्रभावित बनाएको नायक राज घिमिरे बताउँछन् ।

 

राजनितिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाप्रती समर्पित वाईसियल नेपालको केन्द्रीय तहसम्म नेतृत्व गर्दै आउनु भएका व्यवसायी एबम नायक राज घिमिरे ,स्थानिय तहको निर्वाचनमा झिनो मतलेमात्र पराजित भएका हुन् ।

तिनै युवा नेता ,नायक ,सामाजिक अभियन्ता राज घिमिरेले संचालन गरेको ललितपुर जिल्ला ,गोदावरी नगरपालिकास्थित बडीखेलमा रहेको सिरुपाते ट्राउड फार्म एण्ड रिजोर्ट प्रालिमा ग्राहकको रोजाइ,यहाँ  सभा,समारोह,मिटिङ,जन्म दिन,जस्ता शुभ कार्यहरु गर्न हलको सुविधा भएकोले बढी रहेको छ ,बढिरहोस पनि,हाम्रो पनि नेपाली सिने जगतका नायक ,सामाजिक अभियन्ता ,युवा नेता एबम व्यवसायी राज घिमिरेले संचालन गरेको सिरुपाते ट्राउड फार्म एण्ड रिजोर्ट ग्राहकको नजरमा सदा सिरुपाते जस्तै गरि सबल बन्न सफलता मिलोस ,हाम्रो तर्फबाट पनि सफलताको लागि अग्रिम शुभकामना छ ,सिरुपाते ट्राउड फार्म परिवारलाई ।

 

 

 

 

प्रकाशित: समय: 7:59:01  2237पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार