तेह्रथुम मलेसिया सम्पर्क मंचले ब्लड क्यान्सर पीडित टीकामाया विश्वकर्माको सहयोगार्थ सहयोग संकलन गर्दै

मलेसियामा कार्यरत व्यवसायी डेबिड श्रेष्ठले उपचारका लागि रु.२६ हजार ५ सय आर्थिक सहयोग गरेका छन् ।

तामाङपेज संवाददाता ।

काठमाडौ ।

मलेसिया । तेह्रथुम जिल्ला,लालिगुराँस नगरपालिका – ८ घर भै हाल मलेसियामा कार्यरत ब्यवसायी एबम तेह्रथुम मलेसिया सम्पर्क मंचका वरिष्ठ सल्लाहकार डेबिड श्रेष्ठले ब्लड क्यान्सर पीडित टिकामाया विश्वकर्माको उपचारका लागि रु.२६ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

मंचका अध्यक्ष प्रेम सुब्बाले लालिगुराँस नगरपालिकाकी ब्लड क्यान्सर पीडित टिकामायाको आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि मलेसियामा तेह्रथुम मलेसिया सम्पर्क मंचको नेतृत्वमा आर्थिक संकलन कार्य अगाडि बढाई रहेकाले उपचारको लागि आर्थिक सहयोगको लागि सबैलाई अनुरोध गरेका छन् ।

तेह्रथुम मलेसिया सम्पर्क मंचका सचिव रमेश थापाले ब्लड क्यान्सर पीडित विश्वकर्मालाई उपचारको लागि आर्थिक सहयोगको खाचो भएकाले मंचले अभियानको रुपमा स्वैच्छिक रुपमा सहयोग संकलन जारी गरेको जनाए ।

प्रकाशित: समय: 22:53:43  646पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार