नुवाकोटको फिकुरी गोगनेमा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न ,३ सय ५० जना लाभान्वित


तामाङपेज संवाददाता ।

नुवाकोट। जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको आयोजना तथा किस्पाङ गाउँपालिका वडा न.२ फिकुरी वडा कार्यालयको समन्वयमा श्री कालिका आधारभुत विद्यालयको प्राङ्गण,गोगनेमा बिहिबार भब्य जनमानसको सहभागितामा एक दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 

फिकुरी बहुमुखी क्याम्पसका अध्यक्ष एबम सामाजिक अभियन्ता कृष्णप्रसाद भट्टकानुसार जिल्ला स्वास्थ्य कार्यालयको जिल्ला अस्पताल त्रिशुलीका डा.अमित श्रेष्ठ ,डा.सुजन तामाङ,मनकामना ,फिकुरी स्वास्थ्य चौकीका इन्चार्जहरु ,चिकित्सकहरुको टोलिले विशेष गरि महिला सम्बन्धिका रोगहरु,हरेक किसिमका रोगहरु चेकजाँच गरि औंषधी वितरण ,स्वास्थ्य सम्बन्धि  परामर्श ३ सय ५० जनाभन्दा बढी नागरिकहरुलाई दिएका थिए ।

सो निशुल्क स्वास्थ्य शिविरमा त्रिशुली अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने,स्वास्थ्य अधिकृत राममनी घिमिरे,शिविर संयोजक जनार्दन सिलवाल,किस्पाङ गाउँपालिका स्वास्थ्य प्रमुख चक्र शाही,किस्पाङ-२ फिकुरी वडाअध्यक्ष देवानाथ भट्ट,गाउँ कार्यपालिका सदस्य सुनिता परियार,वडा सदस्यहरु स्नेगमाया तामाङ,बद्री देवकोटा,तुलसीप्रसाद फुयाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 22:20:42  661पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार