प्रदेश सभा साम्सद चेतनाथ संजेलद्वारा योजनाको अनुगमन तथा निरिक्षण

गोदावरी नगरपालिका ,कोन्ज्योसोम र वाग्मती गाउँपालिकामा प्रदेश सरकारबाट विनियोजित बजेटको कार्य,प्रगतिबारे निरिक्षण गरेको बताएका छन् ।

श्याम तामाङ ,तामाङपेज ।

ललितपुर । क्षेत्र न.१ (ख) प्रदेश सभा साम्सद चेतनाथ संजेलको नेतृत्वमा प्रदेश सरकार र स्थानीय सरकारबाट आ.व.०७५/०७६ भित्र विनियोजित बजेटका कार्यन्वयन पक्षबारे गोदावरी नगरपालिकाको वडा न.६,८,९ ,कोन्ज्योसोम-४ नल्लु , वाग्मती गाउँपालिका वडा न.५ इकुडोल वडा न.७ गिम्दीमा सडक,खानेपानी,स्कुल भवन तथा अन्य विकास निर्माणका कार्यबारे गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद जैशि,वडा न.८ डुकुछाप वडाअध्यक्ष सुकराम लामा,वाग्मती -५ इकुडोल वडाअध्यक्ष साजन दर्लामी मगर ,वाग्मती -७ गिम्दी वडाअध्यक्ष नवराज संजेल ,उपभोक्ता समितिका पदाधिकारीहरु ,प्राबिधिकहरु,नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु निशान मगर ,कृष्ण बल तामाङ लगायतका नेताहरूले विभिन्न स्थानका योजनाहरुको स्थलगत निरिक्षण ,अनुगमन गरेका छन् ।

गोदावरी नगरपालिका -६ पिआईए पार्कदेखि सिखार्पा हुँदै कोन्ज्योसोम -४ नल्लु भन्ज्याङ स्तर उन्नति ,वडाबाट विनियोजित रु.३ लाख,खानेपानीको लागि रु.५० लाख ,गोदावरी नगरपालिका-९ छम्पी इटाहिटी,लुकुण्डोल हुँदै गोदावरी नगरपालिका-८ डुकुछाप जोड्ने सडकलाई प्रदेश सरकारबाट स्तर उन्नति ,ढलान कार्य गर्न रु.५० लाख ,सडक उन्नति गर्न रु.५० लाखमा छम्पिको गणेश आधारभुत विद्यालय म्याचिङ फण्डमार्फत निर्माणधिन सामुदायिक भवन ,डुकुछाप महिला भवन ,डीप बोरिङ्ग गर्न जस्ता कार्यहरुको बारेमा स्थलगत अनुगमन गर्दा कतिपय कार्य सम्पन्न हुन लागेको ,कतिपय बाकी रहेको कार्य तत्काल गर्न ,गराउन निर्देशन दिएको प्रदेश सभा साम्सद चेतनाथ संजेलले बताउनु भएको छ ।

वाग्मती गाउँपालिकाको वडा न.५ इकुडोल र वडा न.७ गिम्दीमा पनि प्रदेश सरकारबाट विनियोजित सडक विस्तार तथा अन्य कार्यबारे साम्सद संजेलको नेतृत्वमा अनुगमन ,निरिक्षण गर्न आईपुगेको कुरा वाग्मती -५ इकुडोलका वडाअध्यक्ष साजन दर्लामी मगर तामाङपेजसङ्गको कुराकानीमा बताएका छन् ।

 

प्रकाशित: समय: 21:45:40  577पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार