लखनपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, तेह्र सख्त घाइते


तामाङपेज संवाददाता।

रामेछाप । दोरम्बा गाउँपालिका-६ लखनपुरमा काठमाडौंबाट लखनपुर जाँदै गरेको कोशीपारी यातयातको वा.२ ख ७२४२ नम्बरको गाडी बिहिबार राती लखनपुरमा दुर्घटना हुँदा दुईको मृत्यु र तेह्र जना सख्त घाइते भएका छन् ।

रातकोकारण हेलिकप्टरबाट घाइतेहरुको उद्धार गर्न नसकेतापनी एम्बुलेन्सबाट घाइतेहरुको उपचारको लागि धुलिखेल अस्पताल र राजधानीतर्फ पठाई सकेको दोरम्बा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लखनपुरका उद्धव गौतम,हरिबहादुर कार्की रहेका छन्  । बस दुर्घटनामा परि सख्त घाइते हुनेहरुमा गङगा गौतम,तिर्थप्रसाद गौतम रिष्ठे,मिलन बराइली धादिङ,कृष्णबहादुर चौलागाई,रमादेवी गौतम,चिनिमाया तामाङ तिमालडाडा,बसुन डोल्मा तामाङ कामागाउँ ,राम तामाङ मकवानपुर ,सन्देश बराइली,सम्झना गुरुङ,दुर्गा बराइली ,प्रकृति दवाडी धादिङ र शान्ता योन्जन तामाङ काठमाडौका रहेका छन् ।

बस दुर्घटना सडकबाट करिब दुई सय मिटर तल पुग्दा सख्त घाइतेहरुको सङख्या बढेको प्रहरीले अनुमान गरेको छ भने बस दुर्घटनाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

तस्बिर : पेम्बादोर्जे तामाङ ।

प्रकाशित: समय: 9:50:46  544पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार