नवगठित समाजवादी पार्टी नेपालद्वारा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता


श्याम तामाङ,तामाङपेज।

काठमाडौं । नवगठित समाजवादी पार्टी नेपालले दल दर्ताका लागि बिहीबार निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा निवेदन दर्ता गरेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घिय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईद्वारा हस्ताक्षर गरि निर्वाचन आयोगमा पुगेर दल दर्ताको लागि औपचारिक लिखित रुपमा निवेदन दर्ता गरेका छन् ।

सङघियताको पुर्णकार्यन्वयन गरेर मुलुकलाई समृद्धि र सुशासनको बाटोबाट अघि बढाउदै समाजवादमा पुर्याउने एजेण्डासहित तत्कालिन यादव नेतृत्वको सङघिय समाजवादी फोरम नेपाल र डा.भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण गरेर गत वैशाख २३ गते समाजवादी पार्टी,नेपाल दलको नाम घोषणा गरेको थियो । एकीकृत पार्टीले झण्डा तत्कालिन फोरम नेपालकै हुनेछ भने निर्वाचन चिन्ह भने बुझाएको छैन ।

नवगठीत समाजवादी पार्टी ,नेपालको २५ जना पदाधिकारीसहित ४ सय ३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।

प्रकाशित: समय: 9:00:20  623पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार