तामाङपेज संवाददाता ।
ललितपुर । कोन्ज्योसोम गाउँपालिका -२ संखुमा जन्मिनु भएका प्रेस सेन्टर काठमाडौका जिल्ला अध्यक्ष ,कृषि टेलिभिजन ,कृषि अनलाइन टेलिभिजनका विविध टेलेभिजन कार्यक्रमका प्रस्तोता ,लोक गायक एबम पत्रकार गोविन्द शर्मा घिमिरेको १२ औं दिनको पुण्य तिथिमा बडीखेलमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नेताहरु,किसान नेताहरु ,पत्रकारहरु,आफन्तजनहरु,इष्टमित्रहरुको उपस्थितिमा श्रद्धाञ्जली सभा बिहिबार आयोजना गरेको छ ।
सो सभामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरु पुर्व साम्सद शुशिला नेपाल ,हरि दहाल ,प्रतिनिधि सभाका साम्सद नवराज सिलवाल,प्रदेश पार्टी कमिटिका सदस्य मधुसुदन पौडेल ,नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला संयोजक हरिकृष्ण ब्यन्जनकार, प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिला ,चेतनाथ संजेल,किसान महासङ्घका सह-संयोजक चित्रबहादुर श्रेष्ठ ,त्यस्तैगरी नेताहरु शिव कट्टेल ,श्यामकृष्ण सिलवाल ,पुरुषोतम आचार्य,राज घिमिरे लगायतका नेताहरु सहभागिता रहेको साम्सद सिलवालका स्वकीय सचिव राजेन्द्र न्यौपानेले बताएका छन् ।
स्वर्गीय पत्रकार गोविन्द शर्माले नेपाली पत्रकारिताको क्षेत्र,गीतसङ्गीत,विशेष गरि कृषि पत्रकारको हैसियतले कृषि क्षेत्रमा पुर्याउनु भएको योगदानको नेताहरुले चर्चा ,परिचर्चा गरेका थिए ।
कृषि पत्रकार शर्मा ललितपुरको सानेपामा बाइक दुर्घटना भै काठमाडौको नर्भिक हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो ।