तामाङपेज संवाददाता ।
नवलपरासी । गैंडाकोट -५ नवलपुरमा हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सहमति अध्ययन केन्द्रको आयोजनामा जेष्ठ २६ गतेदेखि शुरु भएको पाँच दिने सफ्टवेयर संचालन सम्बन्धि तालिम बिहिबार सम्पन्न भएको छ ।
केन्द्रका अध्यक्ष होमनाथ सुवेदीका अनुसार नुवाकोट,नवलपरासी ,अर्घाखाँची,चितवन धादिङ गरि पाँच जिल्लाका महिला सामाजिक उद्यमी सहकारी संस्थाबाट -१५ जना र साझेदारी संस्था पाँच वटाबाट १२ जना गरि कुल २७ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षक रत्न सापकोटाले प्रशिक्षण दिएको जनाएका छन् ।
सहमति अध्ययन केन्द्रका अध्यक्ष सुवेदीले यो तालिमले हिसाबको चुस्त ,दुरुस्त राख्न सहकारीहरुलाई थप आधुनिक युगमा कम्युटर सिष्टम विकास गरि लेखा लगायत कार्यालय सम्बन्धि आवस्यक सामग्रीहरुको अभिलेख,डाटा राख्न ठोस टेवा मिल्ने बताए ।