श्याम ङेसुर तामाङ
तामाङपेज,काठमाडौ ।
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका -९ चाम्खुका गायक तिर्थमान पाख्रीन तामाङको स्वर,शब्द रहेको मार्मिक सेलो गीत पर्देशिको आँसु बोलको गीतको अडियो भोलिदेखि युट्युव च्यानलबाट सार्वजनिक हुने भएको छ ।
विगत १५ वर्षदेखि गायनमा लागि परेका गायक पाख्रीन र चर्चित गायिका इन्दीरा गोलेको स्वर रहेको पर्देशिको आँसु बोलको गीतमा एरेन्जर जोगलाल लामा,अडियो मिक्सिङ दीपेश प्रधान ,रेकर्डिष्ट सानुबाबु घिसिङको रहेको उक्त गीतलाई सरगम डिजिटलमा रेकर्डिङ गरिएको हो ।
गायक पाख्रीनले मेलम्ची पाल्चोक,पाडा ल म्हेन्दो बोलका गीतहरु पनि दर्शक र श्रोतामाझ ल्याइ सकेका छन् । गायक तिर्थमान पाख्रीन तामाङले गीत,सङ्गीत,तामाङ संस्कार ,संस्कृती,तामाङ सेलोको जगेर्नाका लागि विगत लामो समयदेखि योगदान दिदै आउनु भएको छ ।