साम्सद लालकुमारी पुन शुशिलाद्वारा लेलेमा मोटरबाटो निरिक्षण तथा अनुगमन


श्याम तामाङ,तामाङपेज ।

ललितपुर । गोदावरी नगरपालिका वडा न.५ लेले ,मनकामना मन्दीर मोटरबाटो निर्माणको ललितपुर क्षेत्र न.१ (क) प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिला ,वडा अध्यक्ष मिलन सिलवाल,नायक राज घिमिरे,भुपेन सिलवाल,वडा प्रतिनिधि लगायत २५ जनाको टोलिले बिहिबार मोटरबाटो निर्माणको निरिक्षण तथा अनुगमन गरेको प्रदेश सभा साम्सद पुनका स्वकीय सचिव सुमन बम्जन लामाले जनाएका छन् ।

साम्सद पुनका स्वकीय सचिव लामाले प्रदेश नम्बर ३ को सरकारले आ.व.०७५/०७६ बाट रु.५० लाख विनियोजित रकमको उक्त मोटरबाटो निर्माण योजनाको स्थलगत प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिलाको टोलिले निरिक्षण गर्न ,निर्माण कार्य सन्तोषजनक रहेको बताउनु भयो ।

साम्सद पुन केही हप्तादेखी योजनाहरुको अनुगमन तथा निरिक्षणमा व्यस्त रहेकी छिन् ।

 

 

 

 

प्रकाशित: समय: 21:57:38  1363पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार