प्युटार सिम्लेमा फुलमाया जिम्बाको अध्यक्षतामा चण्डेश्वरी सक्रिय आमा समूह गठन

नियमित विद्यालयमा विद्यार्थीहरुलाई आउने वातावरण लगायतका कार्य गर्न समूह गठन गरेको प्र.अ.दुधराज जिम्बा तामाङद्वारा जानकारी गराउनु भएको छ ।

श्याम ङेसुर तामाङ,तामाङपेज ।

ललितपुर । वाग्मती गाउँपालिका -४ प्युटार सिम्लेमा वडा सदस्य फुलमाया जिम्बा तामाङको अध्यक्षतामा बिहिबार श्री चण्डेश्वरी सक्रिय आमा समूह गठन गरेको छ ।

श्री चण्डेश्वरी माविका प्र.अ.दुधराज जिम्बा तामाङकानुसार विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण तयार गर्न,सरसफाइ ,खाजाको व्यवस्था लगायतका कार्य अनिवार्य गर्न,गराउन वडा सदस्य फुलमाया जिम्बा तामाङको अध्यक्षतामा सदस्यहरुमा शोभा मोक्तान,अन्जना जिम्बा,सविना ब्लोन,सजनी जिम्बा,राममाया थिङ,सनिता ब्लोन तामाङ ,पदेन सदस्यमा श्री चण्डेश्वरी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष सानुकान्छा जिम्बा,प्र.अ.दुधराज जिम्बा र शिक्षक अभिभावक संघका अध्यक्ष सिद्धबहादुर थिङ तामाङ रहेका छन् ।

सम्भवत यसरी सामुदायिक विद्यालयमा सक्रिय आमा समुहको गठन गरिएको ललितपुर जिल्लाको हकमा पहिलो हुन सक्छ ,यस्ता कार्यले विद्यालयमा नियमित विद्यार्थी आउन ,सरसफाइ जस्ता कार्य गर्न ,गराउन महत्वपुर्ण भुमिका मिल्न थप टेवा दिलाउने छ ।

प्रकाशित: समय: 20:41:25  750पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार