बौद्धका महिलाहरुद्वारा बौद्धनाथ स्तुपा परिसरमा सरसफाइ


श्याम ङेसुर तामाङ,तामाङपेज ।

काठमाडौं । विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथ स्तुपा परिसरमा बौद्धलम्बिहरुको सागा धावाको पुण्य अवसरमा बिहिबार छोरङान महिला समाज बौद्ध र आनन्दपुर महिला समाज तिनचुलेको आयोजनामा बौद्धनाथ स्तुपा परिसरमा महिला दिदिबहिनीहरुको व्यापक सहभागितामा सरसफाइ कार्यक्रम गरेको छ ।

 

 

छोरङान महिला समाज बौद्धकी अध्यक्ष माया थिङकानुसार बौद्ध ,तिनचुले,आनन्दपुर ,टुसाल लगायतका दिदिबहिनिहरुको उपस्थितिमा सरसफाइ कार्यक्रम गरेकी बताएकी छिन् ।

 

 

बौद्धमा महिला दिदिबहिनिहरुको सक्रियतामा बौद्धनाथ स्तुपा परिसरमा गरेको सरसफाइ कार्यक्रमले समाजमा सकरात्मक सन्देश दिएको छ्योर्तेन मासिकका सह सम्पादक एबम पत्रकार अमित लामाले जनाएका छन् ।

 

 

प्रकाशित: समय: 19:44:14  641पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार