श्याम ङेसुर तामाङ
तामाङपेज,काठमाडौ ।
न्युयोर्क ,अमेरिका । तामाङ सोसाइटी अफ न्यु योर्कका सचिव समेत रहनु भएका दीपेन्द्र लामाले मोनरोइ कलेज न्यु योर्कबाट पब्लिक हेल्थमा माष्टर अफ डिग्रीमा बुधबार हासिल गर्नु भएकोमा दिक्षान्त समारोहमा दिक्षित हुनु भएको छ ।
सात समुन्द्र पारिको देशमा नेपालबाट आएर आफ्नै पसिना ,श्रम गरेर ,पसिना बगाएर अध्ययनमा लाग्नु चानचुने कुरा पक्कै होइन ,तापनि एक युवा दीपेन्द्र लामाले पब्लिक हेल्थमा माष्टर अफ डिग्री हासिल गर्नु भएकोमा तामाङ सोसाइटी अफ न्यु योर्कले बधाई ज्ञापन सहित खुशी ब्यक्त गरेको अध्यक्ष गोमा योन्जनले बताएकी छिन् ।
यो खुशी डिग्री हासिल गर्नु भएका दीपेन्द्र लामा,संस्थाको पनि सचिवको नेतृत्वमा रहनु भएकाले सिङ्गो तामाङ सोसाइटी अफ न्युयोर्क खुशी भएको जनाएकी छिन् ।
यो वर्ष अमेरिका रहेका तामाङ विद्यार्थीहरुले सङख्यात्मक रुपमा शिक्षामा फड्को मारेको छ ,यो सिङ्गो तामाङ समुदायको लागि गर्वको कुरा रहेको वरिष्ठ ब्युटिसियन एबम समाजसेवी नीमा गोले तामाङले बताउनु भएको छ ।