तामाङपेज संवाददाता ।
मलेसिया । तामाङ बौद्ध महासङ्घ नेपालका संस्थापक केन्द्रीय अध्यक्ष एबम बौद्ध धरमगुरु गेसे ङिमा थोकर तामाङ ,मलेसियामा तामाङ बौद्ध महासङ्घ नेपाल मलेसिया शाखाको आयोजनामा शुक्रबार केलाङस्थित चौतारी रेष्टुरेन्टमा गुरु दर्शन ,सम्मान तथा धार्मिक प्रवचन कार्यक्रममा सरिक हुनु भएको छ ।
बौद्धधर्म गुरु गेसे ङिमा थोकर तामाङ मलेसियामा विविध धार्मिक कार्यक्रममा सहभागी हुनु भएर बिहिवार दिउँसो २:२५ बजे मलेसियन एयरलाइन्सबाट सिङ्गापुरतर्फ प्रस्थान गर्नु भएको छ ।
बौद्धधर्म गुरु गेसे ङिमा तामाङ ,एक हप्ता अघिदेखि मलेसियामा रहनु भएको थियो ।