भारदेउमा तरकारी खेती तालिम तथा बीउ वितरण कार्यक्रम सम्पन्न


श्याम तामाङ,तामाङपेज।

ललितपुर । उज्यालो किरण साना किसान कृषि सहकारी संस्था, चापागाउँको आयोजना र कोन्ज्योसोम गाउँपालिकाको आर्थिक सहयोगमा कोन्ज्योसोम-५ का वडाअध्यक्ष सुविन्द्र तामाङ ,कोन्ज्योसोम गाउँपालिका कार्यपालिका सदस्य डोल्मा तामाङको आतिथ्यमा भारदेउमा दुई दिने तरकारी खेती सम्बन्धि तालिम तथा बीउ वितरण कार्यक्रम सम्पन्न बुुुधबार भएको छ।

 

उज्यालो किरण साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बद्री घिमिरेले भारदेउका ३३ जना कृषकले तालिम लिएको र दुई दिने तालिममा सहभागी ,अन्य कृषकहरुलाई काउली ,बन्दाकोपी ,फुल ,गोलभेडा लगायतका तरकारीहरुको बीउ वितरण गरिएको जनाएका छन् ।

 

दुई दिनसम्म चलेको सो तालिममा कृषि सम्बन्धि प्रशिक्षकहरु दामोदर न्यौपाने ,केशव बजगाई ,कृष्णबहादुर खत्रीले प्रशिक्षण दिएका थिए ।

 

 

 

प्रकाशित: समय: 13:57:51  582पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार