मानिखेलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । महाङकाल -२ मानिखेलमा महिला उद्यमी महासङघ नेपाल र सल्भ नेपालको आयोजनामा सोमबार महाङकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालको प्रमुख आतिथ्यमा क्रेता र विक्रेतावीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सो अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष दहाल,फलफुल तथा तरकारी व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष खोमप्रसाद घिमिरे,महाङकाल-२ मानिखेल वडाअध्यक्ष सन्चमान स्याङतान तामाङ ,नेपाल तरुण दल ललितपुर जिल्ला सचिव दिनेश संजेल,व्यवसायी पुरुषोतम बजगाई ,महाङकाल गाउँपालिकाभित्रका व्यवसायी ,उपभोक्ताहरुवीच व्यापक छलफल भएको थियो ।

महिला उद्यमी महासङ्घ नेपालका उद्धव घिमिरेले अन्तरक्रिया तथा छलफल कार्यक्रमले व्यवसायी र उपभोक्तावीच बृहत् छलफल ,अन्तरक्रिया गर्ने वातावरण बनेको जनाए ।

स्थानिय व्यवसायी,उपभोक्ता र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 7:15:36  690पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार