तामाङपेज संवाददाता ।
दक्षिण कोरिया। तामाङ समाज ख्यङ साङ नाम्दो बुसान दक्षिण कोरियाले आईतबार बुसानमा भब्य प्रदर्शन भएको ए मेरो हजुर -३ चलचित्रका सहनिर्माता सरोज सुब्बालाई नेपाली चलचित्रको क्षेत्रमा पुर्याउनु भएको योगदान र सिने जगतमा डेब्यु गर्न सफल हुनु भएबापत समाजले सम्मान गरेको छ ।
समाजका महासचिव सोम योन्जनले ए मेरो हजुर -३ चलचित्रको प्रदर्शनमा दक्षिण कोरियामा दर्शकहरुको व्यापक सहभागिता रहेको र सहनिर्माता सुब्बालाई खादा तथा सम्मान पत्रद्वारा सम्मानित गरिएको जनाएका छन् ।